धर्मलाई व्यापार बनाई वैदिक सनातनधर्मलाई भाँडभैलो पार्ने उद्देश्यले इण्डियामा विभिन्न सम्प्रदायहरू, विभिन्न भगवान र गुरुहरू उत्पन्न गर्नु नौलो कुरा होइन । भागवत लगाउँदा वा यज्ञ, कोटिहोम गर्दा वेद अनुसार नगर्नु धर्ममाथि आक्रमण हो । हाम्रा कथित गुरु, गुरुआमाको यो कथित धर्मावतारका कारण वैदिक सनातन धर्म संकटमा परेको छ । यसैको आडमा म्लेच्छलगायत कथित सम्प्रदायहरूले शिर उठाउन पाएका छन् । मैले यस्ता गुरुहरूबाट क्रिष्ट र कृष्ण एउटै हुन् भन्ने सुनेको छु । संस्कृत पढेका छन्, गुरु पुरोहित्याइँ गर्छन् तर क्रिष्ट र कृष्णमा भेद छ भन्ने जान्दैनन् । यस्ता मायावी कालनेमीहरू यहाँ प्रशस्तै छन् ।
क्राइष्ट र कृष्ण एउटै हुन् भन्ने कुरा सर्वप्रथम अनन्त रामकृष्ण सिनै धुमेको पुस्तक ‘द कल्चरल हिस्ट्री अफ गोवा १०, ००० बि.सि.(१३५२ ए.डी.’ मा छ । यसको धेरै पछि प्रभुपादले यही कुरा आफ्नो भगवतगीतामा लेखेका छन् । जबकि बाइबलमा यशुलाई ईश्वरको पुत्र भनिएको र भागवतमा कृष्णलाई ईश्वर । अन्तर यहीँ छ, एउटा ईश्वरको पुत्र अर्को स्वयं) ईश्वर । अनि कसरी एक भए ? बाइबल येशुको मृत्युपछि लेखिएको हो, जबकि गीता स्वयं श्रीकृष्णको मुखबाट निस्केको वाणी होे । गीता अपरिवर्तनीय छ तर बाइबल ओल्ड टेष्टामेन्ट हुँदै न्यू टेष्टामेन्ट र यसरी एघार किसिमका बाइबल छन् । सबै संशोधित हुँदै आइरहेका हुन् ।
गौडीय सम्प्रदायका अनुयायी र सन्तहरूको प्रवचनहरू सुने, स्टिल फोटोको बाइस्कोपमा गौरांग महाप्रभुका चित्रहरू देखाउँदै उनको जीवनी, उनको नाम संकीर्तनको चर्चा, उपदेश आदिको व्याख्या गौडीय मठका सन्यासीहरूले गर्ने गर्थे तर त्यहाँ कहिल्यै गौरांग महाप्रभुले क्राइष्ट र कृष्ण एउटै हुन् भन्ने चर्चा गरेनन् ।
ईश्वरको वाणी के संशोधन हुन्छ ? प्रभुपादको गुरु चैतन्य महाप्रभु गौरांगको जन्म १८ फेब्रुवरी १४८६ र मृत्यु १५३४ मा भएको थियो । उनी गौडीय सम्प्रदायको आधारशीला राख्ने सन्त हुन् । उनी भक्तियोगको प्रचारक र भक्ति कवि थिए । उनको मूलमन्त्र हरेराम हरेराम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे थियो । उनी जहाँ जान्थे त्यहीँ यहीँ ३२ अक्षरी नाम जप गर्थे । उनले कहिल्यै आफूलाई ईश्वर वा ईश्वरको अवतार भनेनन् न त क्राइष्ट र कृष्ण एउटे हुन् भने । मेरो बाल्यकालदेखि किशोर कालसम्म उनले स्थापना गरेको गौडीय मठको सान्निध्यमा बित्यो ।
गौडीय सम्प्रदायका अनुयायी र सन्तहरूको प्रवचनहरू सुने, स्टिल फोटोको बाइस्कोपमा गौरांग महाप्रभुका चित्रहरू देखाउँदै उनको जीवनी, उनको नाम संकीर्तनको चर्चा, उपदेश आदिको व्याख्या गौडीय मठका सन्यासीहरूले गर्ने गर्थे तर त्यहाँ कहिल्यै गौरांग महाप्रभुले क्राइष्ट र कृष्ण एउटै हुन् भन्ने चर्चा गरेनन् । गौरांग महाप्रभु जन्मेको ४१० वर्षपछि अर्थात् १ सेप्टेम्बर १८९६ मा अभयचरण दे अर्थात् प्रभुपादको जन्म भएको हो । उनी बंगाली वैश्य परिवारका हुन् । उनको मृत्यु १४ नोभेम्बर १९७७ मा भएको थियो । उनको उच्च शिक्षा कोलकाताको स्पेनिस चर्चमा भएको थियो । त्यसैले उनी चर्च र बाइबलबाट प्रभावित थिए ।
उनी ज्यूँदो हुँदासम्म गौडीय मठका सन्यासीहरूले कहिल्यै क्राइष्ट र कृष्ण एउटै हुन् भनेनन् । जब कि प्रभुपाद गौरांग सम्प्रदायका अनुयायी हुन् । उनले भागवत गीता सन् १९५० मा अनुवाद गरेका थिए । सन् १९६५ मा उनले केवल सात डलर, केही पुस्तकहरू, एउटा अटैची र केही सुक्खा खानेकुरा लिएर पानीजहार्जमार्फत अमेरिका पुगे । अमेरिका जाँदा भियतनाम र अमेरिका युद्ध शुरु भइसकेको थियो । शुरुमा उनको कृष्णभक्तिको प्रचारमा मानिसहरू नै नआएपछि एकदिन उनले बाटामा नशामा धुत हिप्पीहरू देखे । यिनले हिप्पीहरूलाई भेटेर प्रवचन दिन थाले र उनीहरूलाई हरे राम हरे कृष्ण नाम जप गर्न सिकाए । यसरी हिप्पीहरू संसारका जुनसुकै कुनामा गए त्यहाँ गिटार बजाउँदै हरे रामा हरे कृष्णाको नाम जप गर्न थाले । हिप्पीहरू कुनै धर्मको लागि नभएर वा आफूहरू राम र कृष्णको भक्त नभएर यो नाम जपमा आनन्द आएकोले हरे रामा हरे कृष्णा गाउन थाले । यसरी प्रभुपादको धर्मको प्रचार सुरु भयो । पछि अभिनेता देवानन्द काठमाडौं आएर हिप्पीहरूलाई भेटे, उनीहरूको जीवनशैलीको अध्ययन गरे र ‘हरे राम हरे कृष्ण’ै फिल्म बनाए जो सुपर हिट भयो, जसको सुटिङ नेपालमा भएको थियो । प्रभुपादको प्रचारमा हिप्पीहरूको ठूलो योगदान छ । आश्चर्यको कुरा, जम्मा सात डलर लिएर अमेरिका गएका प्रभुपादले १५ पटक विश्व भ्रमण गरेर धर्म प्रचार गरे र विश्वभरिमा गौडीय मठका १०८ वटा मन्दिर बनाए ।
सात डलर लिएर गएको मान्छे, शिष्य बिखर्ची हिप्पी तर यति ठूलो सम्पत्ति उनले कहाँबाट जोडे ? यसको पछाडि कृष्णलाई क्राइष्ट बनाउने र क्राइष्टलाई कृष्ण बनाउनका लागि त होइन भन्ने प्रश्न उठ्छ । सन् १९६८ मा अमेरिकाको भर्जिनियामा दुई हजार एकड जमिनमा नयाँ वृन्दावन बनाए । सात डलर लिएर अमेरिका गएका मानिसले दुई वर्षमा यति ठूलो धनराशि कहाँबाट पाए ? संसारभरि अहिले इस्कोनका हजारभन्दा बढी मन्दिर छन्, पाकिस्तानमा मात्रै १२ वटा मन्दिर छन्, जहाँ बिहान बेलुका नाम संकीर्तन हुन्छ । आश्चर्यको कुरा पाकिस्तानमा मुस्लिमहरूले हिन्दूका मन्दिरहरू भत्काउँछन् तर इस्कोनको मन्दिरलाई छुँदैनन् । उनले अमेरिकामा इस्कोन संस्थाको स्थापना गरेका थिए । आफू प्रसिद्ध भएपछि गौरांग महाप्रभुको नाम ओझेलमा पारे ।
इस्कोनका अनुयायीहरूले कृष्णबाहेक अरू देवी देउतालाई मान्दैनन्, शिव, विष्णुहरूलाई सामान्य देवताको रूपमा हेर्छन्, कृष्णभन्दा माथि कोही छैन भन्छन्, दिल्लीमा भएका इस्कोनका अनुयायीहरूले क्रिसमस मनाउने गर्छन् । ठाउँ अनुसार यिनीहरूको रीतिरिवाज हुन्छ । नेपालीमा अनुवाद गरेको भगवतगीतामा कृष्ण र क्राइष्ट एउटै हुन भनेका छन् । यिनीहरूको तर्क यसो भनेपछि ख्रिष्टानहरू पनि हिन्दू बन्छन्, उनीहरू पनि कृष्णका भक्त बन्छन् भन्ने हो तर ठीक यसको विपरीत यदि हिन्दूहरू कृष्ण र क्राइष्ट एउटै हुन् भने ख्रिष्टान किन नबन्ने भन्न सक्छन् । नेपालमा ख्रिष्टान धर्म वनको डढेलो जस्तै फैलिरहेको अवस्थामा कृष्ण र क्राइष्ट एउटै हुन् भनेर प्रचार गर्नु ख्रिष्टान धर्मलाई प्रोत्साहन दिनु हो ।
सात डलर लिएर गएको मान्छेले एक वर्षमा भर्जिनियामा दुई हजार एकड जमिन किनेर वृन्दावन बनाउनुको पछाडि सनातन धर्मको आडमा ख्रिष्टान धर्म प्रचार गर्ने भेटिकनको योजना थिएन भनेर भन्न सकिँदैन । नत्र उनी सनातन धर्मावलम्बी भए कसरी क्राइष्ट र कृष्ण एउटै हुन् भन्न सके ? जबकि गौडीय सम्प्रदायको स्थापना गर्ने गौरांग महाप्रभुले त कहिल्यै आफ्नो जीवनमा क्राइष्ट र कृष्ण एउटै हुन् भनेर भनेनन् । गौरांग महाप्रभुले कहिल्यै आफूलाई ईश्वरको अवतार भनेनन् तर इस्कोनले गौरांग महाप्रभु र उनका चेला गौर निताईको प्रतिमालाई कृष्ण र बलरामको अवतारका रूपमा मान्छन् । यिनीहरू कृष्णलाई सर्वोच्च भन्छन्, जबकि कृष्ण भगवान विष्णुको अवतार हुन् । अवतार कसरी सर्वोच्च हुन सक्छ ?
इस्कोन, रामपाल, राधे राधे, कृष्ण प्रणामी, ओम् शान्ति, साई बाबा, राधास्वामी आदि इत्यादि जति सम्प्रदायहरू छन् यी सबै कालनेमीहरू हुन् । जो सनातन धर्मको खोल ओढेर सनातन धर्मलाई नै नाश गर्ने अभियानमा हिँडेका छन् । यिनीहरूको मायावी रूपबाट हामी नेपालीहरू बच्नुपर्छ ।
इण्डियामा इस्कोनले धेरै अवैध भूमि अधिग्रहण गरेर कब्जा गरेका छन् । इस्कोनको इण्डियामा आश्रम र धर्मशालाको नाममा ठूला होटलको शृंखला नै पाइन्छ । विश्वभरिमा आम्दानी हुने रकम यिनीहरूको अमेरिकास्थित कार्यालयमा जम्मा हुन्छ । इस्कोन एउटा धार्मिक संस्था नभएर कर्पोरेट कम्पनी हो । यसले कुरा गर्दा गीता र कृष्णको गर्छ तर कृष्णको स्थानमा क्राइष्टलाई राख्छ । यसले सातौं आकाश, देवदूत, शैतान आदिको कुरा गर्छ तर यिनीहरू आफूलाई वैष्णव भन्छन् । यसको गीता आधुनिक बाइबल हो । गीताको यसले गलत व्याख्या गरेर आममानिसलाई दिग्भ्रमित गरेको छ । पैसा संकलन सम्बन्धमा प्रभुपादको भनाइ छ, पैसा जो आध्यात्मिकतालाई फैलाउन मद्धत गर्छ, त्यो भौैतिक संसारको हिस्सा होइन्, यस्तो पैसाप्रति चाहना छोड्नु हुँदैन जसले कृष्ण चेतना आन्दोलनलाई फैलाउँछ ।
जब मानिस मुक्ति प्राप्त गर्न उत्सुक छन्, उनीहरू भगवानको सर्वोच्च व्यक्तित्वले सम्बन्धित वस्तुहरूको त्याग गर्छ, त्यो भौतिक भए तापनि, यसलाई अपूर्ण त्याग भनिन्छ । जब कोही पनि कुनै पनि वस्तुले जोडिएको हुँदैन तर सँगै कृष्णको सम्बन्धमा सबैथोक स्वीकार गर्छ तब त्यो सही अधिकारभन्दा माथि हुन्छ (भक्ति रस अमृत बिन्दु) । यसरी मानिसलाई भ्रममा पारेर इस्कोनले पैसा असुली गरेर क्राइष्टको प्रचार गर्छ । जसरी पैसा असुलीका लागि हाम्रो भागवत कथा वाचनको नाममा धर्मका व्यापारीहरूले गर्ने गर्छन् । भागवत वाचन गर्नेहरूले पैसालाई माया भन्ने गरेका छन् तर त्यही माया मोटो संख्यामा, पचास लाखसम्म कथा वाचकको लोकप्रियता हेरी भागवत वाचन गरेको लिन्छन् । प्रभुपाद र यिनीहरूको सिद्धान्तमा कहाँ फरक छ ?
द्वारिका शारदा पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीले भनेका छन् (इस्कोन अमेरिकाको रजिष्टर्ड संस्था हो । भारतमा ठाउँठाउँमा मन्दिर बनाएर कृष्ण भक्ति र आस्थाको नाममा पैसा एकत्रित गरेर विदेश पठाइरहेको छ । इस्कोन कृष्ण भक्तिको माध्यमबाट हिन्दूहरूलाई पथभ्रष्ट गराएर उनीहरूको धर्मान्तरण गराउन लागेको छ । यतिमात्र होइन, यसले वृन्दावन, मुम्बईसहित अन्य शहरहरूमा आफ्नो खुट्टा बढीभन्दा बढी पसारिरहेको छ, जहाँ पहिलादेखि नै कृष्णका भव्य मन्दिरहरू छन् । इस्कोन झारखण्ड, छत्तीसगढ, असमसहित पूर्वोत्तर राज्यहरूमा जान चाहन्न किनकि त्यहाँ इसाई मिशनरी पहिलादेखि नै धर्मान्तरणमा जुटेको छ ।
उनले अगाडि भनेका छन्, (इस्कोनले भारतमा ठूला मन्दिरहरू बनाइरहेका छन्, यहाँ जुन पैसा चढाइन्छ त्यो अमेरिका पठाइन्छ । यो काम मिशनरीहरूको हो । यिनीहरूले केरलमा चर्चलाई मन्दिर भनिरहेका छन् । मरियमको अभिषेक गरेर हिन्दूहरूको धर्म परिवर्तन गरिरहेका छन् । इस्कोन, रामपाल, राधे राधे, कृष्ण प्रणामी, ओम् शान्ति, साई बाबा, राधास्वामी आदि इत्यादि जति सम्प्रदायहरू छन् यी सबै कालनेमीहरू हुन् । जो सनातन धर्मको खोल ओढेर सनातन धर्मलाई नै नाश गर्ने अभियानमा हिँडेका छन् । यिनीहरूको मायावी रूपबाट हामी नेपालीहरू बच्नुपर्छ । यिनीहरूको मिशन नै घुमाएर वैदिक सनातन धर्मावलम्बीहरूलाई ख्रिष्टान बनाउनु हो । हामी त्रिदेव मान्छौं । यो देवभूमि शिव र शक्तिको भूमि हो ।
यहाँ मातृपूजा हुन्छ, यहाँ इण्डियाको जस्तो जय श्रीराम भनिँदैन । यहाँ सीताराम भनिन्छ । इण्डियामा मातृशक्तिलाई स्वीकार गरिँदैन । त्यहाँ छोरी र ज्वाइँ हुन् वा बहिनी र ज्वाइँ, उनीहरूले मातापिता र दाइभाउजू, सासूससुरा, जेठान आदिको पाउमा ढोग्छन्, ज्वाइँलाई तिमी भन्ने चलन छ । हामीकहाँ छोरी र ज्वाइँको, बहिनी र ज्वाइँको खुट्टामा ढोग्ने चलन छ । विवाहमा छोरी ज्वाइँलाई लक्ष्मीनारायण मानेर पूजा गरिन्छ । हाम्रौ मौलिक वैदिक परम्परा हो, इण्डियामा खच्चड संस्कृति छ । त्यसैले आफ्नै पवित्र माटोमा फर्किनु प्रत्येक नेपालीको कर्तव्य हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच