काठमाडाैं । सत्तारुढ नेकपा (एमाले) सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गर्नुभएको छ ।
संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरुको अभिव्यक्ति आउन थालेपछि उहाँले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सो कुरा बताउनुभएको हो । सांसद बास्कोटाले मुलुकलाई निकास दिन दुई ठूला दल काँग्रेस र एमालेले नयाँ सत्तासमिकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताउनु भयो ।
उहाँले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसै विरुद्ध लक्षित नरहेको दाबी समेत गर्नुभयो । सांसद बास्कोटाले साना दलहरुले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुई वटा ठूला दल मिलेका छन् । ती राजनीतिक रुपमा मिल्दैनन्, सैद्धान्तिक रुपमा मिल्दैनन् । कार्यक्रमको रुपमा मिल्दैनन् । मुलुकलाई निकास दिन मिल्छन् । इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन् । भोली पनि मिल्छन । यति कुरा हो–मुलुकका आवश्यकता अनुसार कसैका विरुद्ध यो होइन । आआफ्नो सामथ्र्यमा चलौं । अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौं ।’
सांसद बास्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोप÷प्रत्यारोप हुनु शोभनीय नभएको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच