काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाले प्रभावित भएर आफू क्रान्तिमा होमिएको बताउनुभएको छ । युगकविको ११३औं जन्मजयन्ती समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । ‘उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र शहीद हुन तयार हुनुभयो । गंगालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई शहीद हुनुभएको प्रसंग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।’ युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो ।
युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको थियो । वि.सं.१९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उहाँकी सुपुत्रीको निधन भएकाले स्थगित गरी सोमबार सम्पन्न गरिएको हो ।
सो अवसरमा युगकवि सिद्धिचरण पुरस्कार प्राडा.उषा ठाकुरलाई नगद एक लाखसहित प्रदान गरिएको थियो भने युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुंगा संवाददाता नवराज कार्की नगद ४० हजारसहित पुरस्कृत हुनुभयो ।
कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरूले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उहाँ पाँच वर्ष जेल सजायपछि विसं २००२ मा जेलमुक्त हुनुभएको थियो । उहाँका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन् । अझै प्रकाशोन्मुख सातवटा कृति रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलालेको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच