
भोजपुर । अविरल वर्षाका कारण आएको बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन इर्खुवा खोलाको ईखुवा हाइड्रोपावरमा कार्यरत दुई मजदुरहरुलाई मंगलावार राती आएको बाढीले बगाएको थियो ।
बगाएका मध्ये बर्दियाको बारा बर्दिया गाउँपालिका वडा नम्वर ३ का ३० बर्षिय रमेश थारुको शव षडानन्द नगरपालिका वडा नम्वर ६ सतिघाट स्थित अरुण नदीको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिम्सिनाले जानकारी दिनुभयो । बेपत्ता भएका अर्का सोही ठाउँका २६ वर्षिय श्याम कुमार थारुको खोजी कार्य जारी रहेको डिएसपी तिम्सिनाले बताउनुभयो ।
बाढीमा परेका २६ वर्षिय राम किसन थारुको भने उद्धार गरिएको थियो । साल्पासिलिछो गाउँपालिका वडा नम्वर ४ गोथे बजार स्थितमा रहेको ईखुवा खोलामा आएको बाढीले हाईड्रो पावरमा कार्यरत कामदारहरु सुति रहेको अवस्थामा राती डेढ बजेतिर आएको बाढीले बगाएको थियो ।
प्रहरी चौकी चौकीडाँडाबाट करिव तीन किलोमिटर पश्चिम पर्ने घटना स्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाश कुमार अधिकारीको कमाण्डमा ४ जनाको टोली गएको छ भने सशस्त्र प्रहरीको अस्थाई बेश क्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा ७ जनाको टोली खोजीको लागि खटिएको छ । ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच