झापा । तीनदिन अघि पक्राउ परेका झापा मेचीनगरका एक युवकको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका मेचीनगर नगरपालिका ७ का २८ वर्षीय झकबहादुर खड्काको उपचारकाे क्रममा मेची आम्दा अस्पताल धुलाबारीमा मृत्यु भएको हो । बिरामी परेपछि उनलाई उपचारका लागि गएराति सो अस्पताल लगिएको थियो ।
अस्पतालले उनलाई के भएको थियोे स्पष्ट पारेको छैन । उनी बिरामी परेको खबर परिवारलाई नगराइको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन् । यता प्रहरीले भने खड्का लागुऔषधसहित साउन १३ गते मेचीनगर ६ काँकडभिट्टाको मेची पुलबाट पक्राउ परेको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई चेकजाँच गर्दा प्लास्टिकमा पोका पारेर बायाँ हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित फेलापरेपछि पक्राउ गरिएको प्रहरीको दाबी छ । उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरेर इप्रका काँकडभिट्टाको हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।
यता परिवारले भने प्रहरीले ब्राउनसुगर हातमा राखिदिएर फसाएको दाबी गरेको छ । आफन्तले झकबहादुरको मृत्यु प्रहरीको चरम यातनाबाट भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
प्रहरीले खड्कासँगै मेचीनगर नगरपालिका ७ का ३० वर्षीय खड्गबहादुर दर्जीलाई समेत पक्राउ गरेको जनाएको छ । उनीहरूले प्रयोग गरेको मे२ प ८५४१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएकाे प्रहरीको भनाइ छ ।
लागूऔषध नियन्त्रण ब्युरो र इप्रका काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले खड्का र दर्जीलाई पक्राउ गरेको त्यसबेला जनाएको थियोे । दर्जी इप्रका काँकडभिट्टाको हिरासतमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच