धनगढी । धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने भएको छ ।
गत मंसिरबाट उपमहानगरपालिका क्षेत्रमा शव चिस्यान सेवा दिन थालिएकोमा अबदेखि धनगढीसँग सिमाना जोडिएका स्थानीय तहमासमेत चिस्यान सेवा प्रदान गरिने भएको हो ।
छिमेकी स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले बिहिवार थप दुईवटा शव चिस्यान यन्त्र खरिद गरेको छ । दुई यन्त्र थप भएसँगै शव चिस्यान यन्त्रको सङ्ख्या पाँच पुगेको छ ।
धनगढी उपमहानगरपालिकासँग सिमाना जोडिएका गोदावारी नगरपालिका, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने नगर प्रमुख गोपाल हमालले बताउनुभयो ।
नगर प्रमुख हमालले कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकामा पनि शव चिस्यान सेवा दिने बताउनु भयो । कैलाली र कञ्चनपुरका ५ स्थानीय तहका नागरिकले समेत सेवा पाउने भएका हुन् ।
विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ । अधिकांश परिवारका कुनै न कुनै सदस्य घरबाट टाढा र विदेश भएकाले मृतक आफन्तको अन्तिम संस्कारमा सहभागी हुन समस्या हुने गरेको थियो । नगरवासीको यही समस्या समाधान गर्न गत वर्षको मंसिरबाट धनगढी उपमहानगरपालिकाले शव चिस्यान सेवा सुरु गरेको हो ।
उपमहानगरपालिकाले शव चिस्यान सेवा नगर प्रहरी मार्फत दिँदै आएको छ। नगर प्रहरीले शव चिस्यानका लागि फोन आउनासाथ यन्त्र घरमै पुगाइ शवलाई राखेर आउने गरेको छ । त्यसपछि अन्तिम संस्कारका लागि लैजानु पूर्व नगर प्रहरीले शव झिकेर यन्त्र उपमहानगरपालिका ल्याउने व्यवस्था मिलाइएको छ । नगरवासीलाई सेवा दिन विभिन्न काम गरिरहेको भए पनि छिमेकी स्थानीय तहबाट समेत सर्वसाधारणले शव चिस्यान यन्त्रको माग गर्न थालेपछि यन्त्र थपेर सेवा विस्तार गरिएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताउनुभयो । उहाँले अन्य पालिकामा बस्ने नागरिकको समस्या बुझेर सेवा विस्तार गरिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच