काठमाडाैं । पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर नगरपालिका–१, रहेको मानव निर्मित धाप ड्याम (ताल) पर्यटकहरुको नयाँ गन्तव्य बनेका छ ।
वर्षा यामकाे समयमा पानी जम्मा गरेर हिउँदमा बागमती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भएपनि काठमाडौंबाट नजिकै रहेको मनमोहन ताल पर्यटकको रोजाईमा पर्ने गरेको हो ।
‘बागमती सरसफाइको उद्देश्यले बाँधको निर्माण सुरु गरिएको भएपनि अहिले यो ताल पर्यटकीय हिसाबले निकै आकर्षक गन्तव्य स्थलको रूपमा परिचित हुँदै छ । ड्याम करिब १३ हेक्टरमा फैलिएको छ । ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमश्रृंखलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृष्यहरूको समेत अवलोकन गर्न सक्नेछन् ।
धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ । यहाँ जनका लागि सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै जान सकिन्छ भने त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिचुड दहको अवलोकन गर्दै पनि जान सकिन्छ । त्यसै गरी धाप ड्याम बाट ३ कि।मी को दुरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुन काठमाडौं फर्कन सकिन्छ ।
चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारी साधनको प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ ।
त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ । धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, मोटरसाइकल/स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरि २५० रुपैयाँ तिर्नुपर्छ ।
‘पर्यटकका लागि अहिले कुनै पनि आवश्यक पूर्वाधारहरू बनिसकेका छैनन् । केही समयमा सार्वजनिक शौचालय, ड्यामको हेरचाहका लागि भ्यू पोइन्ट लगायतका आवश्यक पूर्वाधारहरूको निर्माण कार्य सुरु भई रहेको छ ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच