भोजपुर । वर्षौदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफुल खेतीले राम्रो आम्दानी दिने भएपछि भोजपुरका कृषकहरुमा उत्साह जागेको छ । बाँझो रहेका जग्गाको सदुपयोग गर्दे पहाडी जिल्ला भोजपुरका कृषकहरु अहिले ड्रागन, कागती, किबी, एभोकाडो लगायतको खेतीमा जुट्न थालेका हुन ।
जिल्लामा ड्रागनफुडको माग बढेसँगै भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सय बढी रोपनी जग्गा भाडामा लिई भोजपुर ड्रागनफुड कम्पनीले ब्यवसायीक खेती सुरु गरेको छ । ५० रोपनी जग्गामा अहिले खेती गरिएको छ । दुई हजार पिलरमा ८ हजार विरुवा रोपिएको बताउँदै संचालक एक्सन राईले यस बर्ष ८ देखि १० लाख आम्दानी हुने बताउनुभयो । संचालक राईले भन्नुभयो, “हामीले खेती थालेका छौ, बर्षेनी आम्दानी बढ्दै जान्छ ।”
जिल्लाकै टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ८ सल्लेनीमा ४२ रोपनी जग्गामा बिगत देखि कृषक शम्भु नेपालले ड्रागनफ्रुट र कागती खेती गर्दे आउनु भएको छ । बाँझो जमीनमा चार वर्ष अगाडी दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गरी कृषि कर्म सुरु गरेको कृषक नेपालले बताउनुभयो । उहाँले अहिले बार्षिक ७ लाखसम्म कमाई गर्दै आउनु भएको छ ।
सिचाई अभाव, वसाई सराईका लगायत कारण बाँझिएका जमिनमा लगाईएको ड्रागनफ्रुट, एभोकाडो, कागती, टिमुर, किवीले बार्षिक राम्रो आम्दानी दिने गरेको कृषक कमल भुजेलले बताउनुभयो । जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिकाको छोकिमालामा बिगत ५ वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा तीन वर्ष अगाडी लिएर कृषक भुजेलले मेकाडियानट, टिमुर। एवोकाडो लगायतको खेती गर्दे आई रहनु भएको छ ।
गाउँघरमा रहेका बाँझो जग्गाहरुको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाहरुको ध्यान समेत तान्ने स्थानीय इन्द्र थापाले बताउनुभयो । अर्का कृषक हरी गौतमले पछिल्लो समयमा देखिएको कृषकहरुमा फलफुल मोहले बाँझिएको जग्गा जमिनको सदुपयोग मात्र नभएर बार्षिक आम्दानीमा पनि बृद्धि हुने बताउनुभयो ।
आगामी दिनमा यस्ता कृषकहरुलाई स्थानीय, प्रदेश र संघीय सरकारले प्रोत्साहन हुने कार्यक्रम ल्याउन जरुरी रहेको कृषक जीवन राउतको भनाई रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच