-नृपेन्द्र बहादुर मल्ल
मुगु । एक बर्ष यता कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा १५ ओटा मानव अधिकार उल्लंघन घटना घटेको पाईएको छ ।
एक वर्ष यता मुगु जिल्लामा १५ वटा मानव अधिकार उलंघनका घटना घटेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरिएका मानवअधिकार सँग सम्बन्धित घटना माथि जिल्लामा गरिएको समिक्षा कार्यक्रममा उक्त जानकारी गराईएको हो ।
कार्यक्रममा अनौपचारिक सेवा केन्द्रका (इन्सेक) मुगु जिल्ला प्रतिनिधि सर्जन कुमार शाही द्वारा प्रस्तुत गरिएको जिल्लामा भएका मानव अधिकारका घटना समेटिएको प्रतिवेदनमा १५ वटा घटना भएको उल्लेख छ। जबकि यो संख्या अघिल्लो वर्ष विभिन्न प्रकृतिका २१ वटा घट्ना घटेको मानव अधिकार बर्ष पुस्तक को प्रतिवेदनमा समेटिएको छ ।
इन्सेक मुगु द्वारा २०७९ मंसिर देखि एक बर्ष यता जिल्लामा भएका घटनाको विवरणहरू प्रस्तुत प्रतिवेदनमा समेटिएका छन्।
इन्सेक प्रतिनिधि शाहीले कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेनले समेटेका घटना विवरणमा सम्मानित रूपले बाँच्न पाउने बलात्कार, बलात्कारको प्रयास र यौन दुव्र्यवहारसँग सम्बन्धि, सामुहिक हत्या, कुटपिट,धम्की, जातीय विभेद,यौन दुर्व्यवहा र दुर्ब्यबहार , घरेलु हिंसा जस्ता घटना समेटिएका छन् ।
जिल्लामा मानवअधिकारका घटनाको अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत भैसके पछि मुगुका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जिल्ला प्रहरी कार्यालय सँग सम्बन्धित मानव अधिकार उल्लङ्घनका घट्ना सार्वजनिक गर्दा आफू सँग समन्वय गरी तथ्य र प्रमाणका आधारमा मानवअधिकार बर्ष पुस्तकमा समावेस गर्नु पर्ने धारणा राख्नु भयो। अन्यथा आफुलाई मान्य नहुने थापाको भनाई थियो ।
मानवअधिकार उल्लङ्घन सम्बन्धिका केही स साना घट्नाहरू नगरिालिकाको न्यायिक समिति द्वारा निरूपण हुने भएकाले यस तर्फ पनि सबैको ध्यान जानू पर्ने नगर प्रमुख बिष्णु कुमार भामले बताउनु भयो । बिगतको भन्दा यो बर्ष मानव अधिकार उल्लङ्घनका घट्नामा कमी भएकोले आगामी बर्षमा घट्नाहरूमा अँझै कमि ल्याउन सबै सरोकारवाला पक्ष एक जुट भै अघि बढ्नु पर्ने बताउनु भयो ।
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा शान्ति सुरक्षा, अमन चयन कायम गर्न प्रशासन सदैब तयार रहेको र तथ्य घट्नामा आधारित घट्नाहरू समन्वयकारी ढंगवाट बाहिर आउँदा जनताहरूले आउँदा दिनमा मानव अधिकारको प्रत्याभुति गर्ने स्थितिमा अझै सुधार हुँदै जाने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष एवं ईन्सेक प्रतिनिधि सर्जन कुमार शाहीले शनिवार सार्वजनिक गरिएका पन्ध्र वटै घट्ना सत्यतथ्य र समन्वयात्मक ढंगबाट सार्वाजनिक गरिएको दाबी गर्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच