एजेन्सी । श्रीलंकाका स्पिनर प्रवीन जयाविक्रमालाई म्याच फिक्सिङको आरोप लागेको छ । आइसिसीले अन्तर्राष्ट्रिय खेल र २०२१ मा श्रीलंका प्रिमियर लिगका क्रममा म्याच फिक्सिङको छानबिनका क्रममा सहयोग नगरेको भन्दै कारबाही गर्ने जनाएको हो ।
म्याच फिक्सिङसँग छानबिनका क्रममा उहाँले म्यासेज डिलेट गरेको पाइएको र आइसिसीको एन्टी करप्सन युनिटसँग रिपोर्ट नगरेको बताइएको छ ।
आइसिसीले अगस्ट ६, २०२४ देखि १४ दिनको समय दिएर प्रवीनलाई आइसिसीको एन्टी करप्सन युनिटमा रिपोर्ट गर्न र आफूमाथि लागेका आरोपको जवाफ दिन समय दिएको उल्लेख गरेको छ ।
२५ वर्षीय स्पिनर प्रवीनले श्रीलंकाका लागि १५ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । आइसिसी, श्रीलंका क्रिकेट बोर्ड र श्रीलंका प्रिमियर लिग प्रवीनलाई यस प्रकरणमा एक्सन लिन सहमत भएको बताइएको छ । प्रवीनले श्रीलंकाका लागि पछिल्लो खेल २०२२ मा अष्ट्रेलियाविरुद्ध टी-२० खेल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच