मस्कोको १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मस्को। मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन्।

दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ। आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो। मध्यरातपछि आगो निभाइएको थियो। आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो।

भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको बताइएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?