१५ वर्षसम्म बंगलादेशमा लगातार शासन गरेकी शेख हसिना अन्ततः देश छाडेरै भाग्न बाध्य भइन् । बंगलादेशको बागडोर सम्हाल्न नोबेल पुरस्कार विजेता मुहम्मद युनुस आएका छन् । जनताको शक्तिका अघि जस्तै अजय शक्ति पराजय भएका इतिहास छन् । यसको पछिल्लो उदहारणको रूपमा बंगलादेश देखिएको छ । मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । उनलाई राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पद तथा गोपनीयताको शपथ गराएका छन् । युनुसबाहेक सरकारमा सामेल हुने १६ मध्ये १३ जनालाई राष्ट्रपतिले शपथ खुवाएका थिए ।
शपथ लिनेहरूमा आन्दोलन गर्ने विद्यार्थीहरूका दुई नेताहरू नाहिद इस्लाम र आसिफ महमुद पनि थिए । शपथ समारोहमा करिब ४०० जना सहभागी थिए । यसअघि विदेश मन्त्रालयले शेख हसिनाको भावी योजना के छ भन्ने थाहा नभएको बताएको थियो । आरक्षण आन्दोलनले हिंसात्मक रूप लिएपछि हसिना ढाका छोडेर अगस्ट ५ मा दिल्ली गएकी थिइन् । आन्दोलनका कारण उनको उठिबास भयो ।
नेपाली जनतामा पनि असन्तुष्टि बढ्न थालेको छ । राजनीतिक दलका नेताहरूले जनतालाई डेलिभरी दिन सकेनन् । बंगलादेशमा जस्तै यहाँ पनि राजनीतिक बेथिति छ । अब समय छँदै यसलाई शासक वर्गले सुधार गरेनन् भने त्यहाँभन्दा ठूलो समस्या आउने सम्भावना हुनसक्छ ।
बंगलादेशमा करिब एक महिनादेखि आरक्षणको विषयलाई लिएर आन्दोलन भइरहेको थियो । आन्दोलनले उग्ररूप लिएपछि थेग्न नसकेर उनी भाग्न बाध्य भइन् । हसिना लोकतान्त्रिक पद्धतिबाट सत्तामा आएकी हुन् । उनले सत्ता सम्हाल्नुअघि बंगलादेशमा निकै गरिबी थियो भन्ने बुझिन्छ । त्यो गरिबीबाट हसिनाले नै देशलाई मुक्त गराएकी थिइन् । समय क्रमसँगै पछिल्लो समय त्यहाँ अराजकता, भ्रष्टाचार तथा विभिन्न बेथितिका कारण जनतामा असन्तुष्टि बढ्दै गइरहेको थियो । त्यही बेथितिविरुद्ध विद्रोह भयो । विद्रोहले उग्ररूप लिएपछि कसको के लाग्छ र ? जनताभन्दा अजय शक्ति कुनै पनि शक्ति हुँदैन भन्ने फेरि एकपटक बंगलादेशका जनताले प्रमाणित गरिदिएका छन् ।
यो त हाम्रो देशको इतिहासले पनि प्रमाणित गरिसकेको छ । हाम्रो देशमा पनि पटक-पटक राजनीति परिवर्तन जनताको बलमा हुने गरेका छन् । जनताको बलमा भएका परिवर्तन सफल पनि भएका छन् । तर देशको व्यवस्था परिवर्तन हुने जनताको अवस्थामा परिवर्तन आउन सकेन भने जनता विद्रोही बन्न सक्छन् । यो कुरालाई राजनीति दल र तिनका नेता अनि शासकहरूले राम्रोसँग बुझ्न जरुरी छ । हाम्रो देशको अवस्था पनि त्यति ठीक छैन । कुनै बेला जनता विद्रोहको झण्डा बोेकेर सडकमा आउन सक्छन् । त्यसले नराम्रो रूप लिन सक्छ । हसिना सरकारमाथि त्यहाँका जनताले असन्तुष्टि जनाइरहेका थिए । उनी निरंकुुश बन्दै गएको भन्दै आलोचना गरेका थिए तर त्यसलाई सम्बोधन गर्नुको सट्टा दबाउने प्रयत्नमा उनी लागेकी थिइन् । त्यसैले परिणाम उनका लागि राम्रो आएन ।
हसिना सरकारले विपक्षीहरूलाई विभिन्न आरोप लगाएर थुनेको कुरा बाहिर आएको थियो । सञ्चारमाध्यमलाई नियन्त्रणमा लिन थाल्यो । जनताबाट आएका विरोधका स्वरलाई दबाउन थाल्यो । हसिना सरकारमा मौलाएको बेथिति नै उनको शासनको पतनको मुख्य कारण हो । बंगलादेशकै जस्तो अवस्था नेपालमा हुँदैन भनेर भन्न सकिँदैन । अवस्था उस्तै उस्तै देखिन्छ । बंगलादेशले हसिनाकै कार्यकालमा आर्थिक रूपमा राम्रो प्रगति गरेको हो । विकासका काम भएका छन् । यति हुँदाहुँदै त्यहाँका जनता असन्तुष्ट हुनुको मुख्यकारण सुशासनको अभाव हो । हसिनाले आफ्नो शक्तिको आडमा अलोकप्रिय काम गर्न थालेपछि जनतामा असन्तुष्टि बढ्दै त्यहाँ त्यस्तो अवस्था आएको हो ।
नेपाली जनतामा पनि असन्तुष्टि बढ्न थालेको छ । राजनीतिक दलका नेताहरूले जनतालाई डेलिभरी दिन सकेनन् । बंगलादेशमा जस्तै यहाँ पनि राजनीतिक बेथिति छ । अब समय छँदै यसलाई शासक वर्गले सुधार गरेनन् भने त्यहाँभन्दा ठूलो समस्या आउने सम्भावना हुनसक्छ । नेपालमा धेरै समस्या बढ्दै गएका छन् । समस्या समाधानतर्फ कसैको चासो छैन । सरकार कानमा तेल राखेर बस्ने काम मात्र गर्ने हो भने संकट बंगलादेशमा जस्तै व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । भरसक त्यो स्थिति नआओस् ।
हामीले यो बुझ्न जरुरी छ कि पछिल्लो समय बंगलादेशमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता, लोकतान्त्रिक मूल्य-मान्यता अनुसारको शासन अभाव जस्ता कारणले त्यहाँ संकट आएको हो । त्यो परिस्थिति नेपालमा आउने हो कि भन्ने चिन्ता बढेर गएको छ । भ्रष्टाचारका कारण नेपालको आर्थिक अवस्था दिनदिनै खस्किँदै गइरहेको, गरिबी बढ्दै गएको र बेरोजगारी तथा महँगी बढ्दै गएको छ । यो नेपालका लागि ठूलो चुनौती हो । लोकतान्त्रिक सरकारमात्र भएर हुँदैन । जनतालाई डेलिभरी दिन सकिएन भने जुनसुकै शासनलाई जनताले फाल्न सक्छन् । बंगलादेशकी प्रधानमन्त्री सत्ता छोडेर भाग्नुपरेको छ ।
समयमै विद्यार्थी आन्दोलनलाई उनले सम्बोधन गरेको भए सत्ता छोड्नुपर्दैनथ्यो होला । उनले ठूलो भूल गरिन् । समयमा कुरा नबुझ्दा दुई तिहाइ बहुमतको सरकार ढल्यो र आफू देश नै छाडेर भाग्नुपर्ने अवस्था आयो । पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक घटना क्रमबाट नेपालले पनि केही सिक्ने कि भन्ने बहस सतहमा आएको छ । बंगलादेशको विद्यार्थी आन्दोलन र राजनीतिक परिवर्तनले दुनियाँलाई झस्काएको छ । नेपालमा पनि यो विषयले राम्रै चर्चा पाएको छ । यद्यपि नेपाल सरकारले बंगलादेशको पछिल्लो घटनाबारे आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन ।
हसिनाको बहिर्गमनपछि दक्षिण एसियामा एक प्रकारको बहस सुरु भएको छ । आ-आफ्ना रुचिको विषय, क्षेत्र र क्षमता अनुसार विश्लेषण भइरहेको छ । जतिसुकै बलियो र स्थिर सरकार भए पनि जनतामा निराशा छायो र त्यसले विद्रोहको रूप लियो भने त्यो सत्तामा टिक्न सक्दैन भन्ने कुरा श्रीलंकामा राजापाक्षे र बंगलादेशमा हसिना पछिल्ला उदाहरण भएका छन् । हामीकहाँ पनि यो हुने संकेतलाई समयमै सम्बोधन गर्न सकिएन भने परिस्थिति असहज हुनसक्छ ।
झण्डै दुई महिनादेखि बंगलादेशमा ‘आरक्षण’विरुद्ध विद्यार्थी आन्दोलन भइरहेको थियो । आन्दोलनकारीका माग समयमै सम्बोधन हुन नसक्दा त्यो आन्दोलनले सत्ता नै ढाल्यो । अब त्यहाँको राजनीतिक, आर्थिक अवस्था के हुन्छ यसै भन्ने अवस्था छैन अझै अन्योल नै छ । नागरिक शासकलाई हटाएर विगतमा पनि सेनाले शासन गरेको बंगलादेशमा यसपटक पनि जननिर्वाचित संसद् भंग भइसकेको छ र सेना अगाडि आइसकेको छ भने पूर्वप्रधानमन्त्री खालिदा जिया जेलमुक्त भइसकेकी छन् । बंगलादेश, श्रीलंकालगायतका देशमा भइरहेका राजनीतिक घटनाक्रमबाट हामीले के सिक्ने भन्ने गम्भीर प्रश्न उठेको छ ।
बंगलादेश घटनाबाट बिउँझिएर राजनीति दल र तिनका नेताहरू अघि बढ्नुपर्ने अवस्था देखिएको छ । जनताका आवश्यकता, माग र आवाजलाई नजरअन्दाज गर्न हुँुदैन भन्ने पाठ यो घटनाले सिकाएको छ । शासन सञ्चालन गरिरहेका दल र तिनका नेताहरूले आफूले गरिरहेका कामबारे जनस्तरबाट आएका कुराहरूलाई दिन सक्नुपर्छ । बंगलादेशमा आन्तरिक र बाहृय दुवै कारणले पछिल्लो परिस्थिति निम्तिएको हुन सक्छ । यो विषयमा गहन अध्यन गर्नुपर्ने हुन्छ । जनतामा बढेको निराशा चिर्न नसके नेपालले पनि त्यो परिस्थिति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।
बंगलादेश घटनाको धेरै कुरा त थाहा छैन तर जुन ढंगले त्यहाँ जे घटना भयो, त्यो स्वाभाविक छैन । केही महिनाअघिमात्र दुई तिहाइ बहुमत ल्याएको सरकार हट्न बाध्य भयो भने सरकार प्रमुखले देश नै छाड्नुपर्ने अवस्था आयो । यो भनेको जनता सर्बशक्तिमान छन् भन्ने सन्देश दिएको छ । विश्वमा घटेका घटनाहरूको प्रभाव कुनै पनि देशमा पर्न सक्छ । त्यस कारण त्यो घटनालाई हामीले गम्भीर रूपमा लिन सक्नुपर्छ र बुझ्न सक्नुपर्छ ।
बंगलादेश, श्रीलंका हाम्रा नजिकका छिमकी देश पनि हुन् । यी देशमा भइरहेको राजनीतिक परिवर्तन वा विद्रोहबाट हामी सचेत हुनुपर्छ । नेपालमा पनि भ्रष्टाचार, कुशासन, बेरोजगारीका कुरा उठेका छन् ।
सरकारबाट जनताले पाउने सेवा सुविधा छिटो, छरितो र पारदर्शी ढंगबाट दिन सक्नुपर्छ । आउँदा दिनमा कुनै बहानामा एउटा सानो घटना भयो भने त्यसबेलाको स्थिति के हुन्छ, यसै भन्नसक्ने अवस्था छैन । बिगतबाट पाठ सिक्दै वर्तमानमा अघि बढ्ने साहस हामी सबैले गर्नुपर्छ । हामी कमजोर हुँदा बाहिरी शक्तिले खेल्न सक्छन् । विगतका हाम्रै अनुभव र अरू देशमा भइरहेका घटनाक्रमबाट पाठ सिकेर हामी अघि बढ्न सक्नुपर्छ ।
हसिनाको बहिर्गमनपछि दक्षिण एसियामा एक प्रकारको बहस सुरु भएको छ । आ-आफ्ना रुचिको विषय, क्षेत्र र क्षमता अनुसार विश्लेषण भइरहेको छ । जतिसुकै बलियो र स्थिर सरकार भए पनि जनतामा निराशा छायो र त्यसले विद्रोहको रूप लियो भने त्यो सत्तामा टिक्न सक्दैन भन्ने कुरा श्रीलंकामा राजापाक्षे र बंगलादेशमा हसिना पछिल्ला उदाहरण भएका छन् । हामीकहाँ पनि यो हुने संकेतलाई समयमै सम्बोधन गर्न सकिएन भने परिस्थिति असहज हुनसक्छ । समयमै सबैमा चेतना भया । (उपाध्याय १५३ विश्वकीर्तिमानी व्यक्ति हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच