झापा। थाइल्यान्डमा शनिबारदेखि सुरु भएको ७ औं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा झापा अर्जुनधाराका दुई खेलाडीले सुखद सुरुवात गर्नुभएको छ ।
शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक जितेर प्रतियोगितामा सुखद सुरुवात गर्नुभएको हो । प्रतियोगिताको पहिलो दिन शैलेशले संवरण र सम्यतले रजत पदक जितेको सम्यतका अभिभावक सन्तोष थापाले बताउनु भयो ।
शनिश्चरे तेक्वान्दो डोजाङका शैलेशले ५१–५५ केजी र सम्यतले ५६ केजी तौलमाथिको समूहमा पदक जित्नुभएको थियो । शैलेश अर्जुनधारा नगरपालिका ९ र सम्यत ६ का बासिन्दा हुनुहुन्छ। शैलेशले पहिलो चरण र सेमिफाइनलमा थाइल्यान्डका खेलाडीलाई हराउनु भएको । फाइनलमा फिलिपिनो खेलाडीलाई पराजित गरेर स्वर्ण पदक जित्नुभएको हो ।
सम्यतले पहिलो चरणमा थाइल्यान्डका खेलाडी र सेमिफाइनलमा माल्दिभ्सका खेलाडीलाई पराजित गर्दै फाइनल पुग्नुभएको थियो । सम्यतले इन्डोनेसियन खेलाडीलाई पराजित गर्न चुकेपछि संवरण पदक हात पार्न सक्नुभएन ।
प्रतियोगितामा आइतबार झापाका खेलाडी प्रिजन नेम्वाङले २९–३२ तौल समूहमा प्रतिस्पर्धा गर्नु हुनेछ । विवेक गिरीले पुम्से प्रदर्शन गर्ने सम्यतका अभिभावक सन्तोषले बताउनुभयो ।
थाइल्यान्डको राजधानी बैंककको सुवर्णभूमिमा जारी प्रतियोगितामा अर्जुनधाराका शैलेश, सम्यत, विवेक गिरी र प्रिजन नेम्वाङले प्रतिस्पर्धा गर्नु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच