चौथो संस्करणको सगरमाथा म्युजिक अवार्डका उत्कृष्ट पाँच सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा ३४ विधामा उत्कृष्ट पाँच सार्वजनिक भएको हो । निर्णायक र आयोजक समितिको निर्णयका आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोकदोहोरी विधामा देशभरका कलाकर्मीहरूले सहभागी जनाएका छन् । अवार्डमा भोट र निर्णायक समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले बताउनुभयो । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एकजना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानसमेत गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?