स्वतन्त्र ब्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न सक्दैन, राजनीतिक ब्यक्तित्व नै चाहिन्छ : नेता खनाल

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । पुर्व प्रधानमन्त्री पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वतन्त्र ब्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने टिप्पणी गर्नुभयो ।

‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्,’ खनालले सञ्चारकर्मीसँग भन्नुभयो, ‘राष्ट्रपतिमा राजनीतिक ब्यक्तित्व नै चाहिन्छ ।’

संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा मात्र सहमति कायम हुनसक्ने उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?