‘सरकारले व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे मात्र तत्काल अर्थतन्त्र लयमा आउँछ’

Read Time = 5 mins

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताउनुभएको छ ।

पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले वर्तमान सरकार गठन भएसँगै नेपाली पुँजी बजारमा अर्थतन्त्रका कुनैपनि प्यारामिटरहरु परिवर्तन वा सरकार नयाँ कुनै निर्णय बिना उच्च मनोबलको कारण लगातार रुपमा वृद्धि भइरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने,तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल सकारात्मक हुने बताउनु भयो ।

उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको कारण भएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्र लयमा ल्याउन सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गएको बताउनु भयो ।

उहाँले उद्योग परिसंघका माग र दिएका सुझावलाई सरकारले तत्काल सम्बोधन गरे मुलुकको अर्थतन्त्र लयमा आउने समय न लाग्ने बताउनु भयो । उहाँले सरकारले उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुने खालको नीतिगत व्यवस्था ग¥यो भने व्यवसायी र अर्थतन्त्र दुवै सकारात्मक बाटोमा जाने उल्लेख गर्नुभयो । उहाँले मुलुकमा जुनसुकै सरकार आएपनि व्यवसायीहरुको मनोबल उच्च राख्न आवश्यक रहेको बताउनु भयो । अर्थतन्त्र लयमा आउँदा उच्च रुपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने बताउनु भयो ।

अध्यक्ष अग्रवालले भन्नुभयो,‘ नयाँ सरकार बनेसँगै शेयर बजारमा लगातार रुपमा वृद्धि भइरहेको छ । तर मुलुकको अर्थतन्त्रका केही प्यारामिटरहरु परिवर्तन भएका छैनन् । कुनै नयाँ निर्णय भएको छैन । जुन उच्च मनोबलका कारणले भएको छ । वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल बढाउने हिसावले कदमहरु चाल्यो भने संकटमा रहेको अर्थतन्त्र लयतमा तुरुन्तै जान्छ । नेपालको अर्थतन्त्र धेरै ठूलो होइन । धेरै ठूलो कमप्यक्स पनि छैन । हामी उद्योगी व्यवसायीहरुलले अर्थमन्त्रीसँगको भेटमा कुरा गरेका छौं । प्रधानमन्त्रीलाई पनि त्यही तरिकाले निवेदन गरेका छौं । यस्तो काम गर्दा अर्थतन्त्र निकासतिर जानसक्छ भनेर भनेका छौं । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च हुने खालको नीतिगत व्यवस्था ग¥यो भने आफैँ उद्योगी व्यवसायीहरु सकारात्मक बाटोमा जान्छौं । जुन तरिकाले अहिले नकारात्मक रुपमा गएका छौं । त्यही तरिकाले सकारात्मकतिर गइहाल्छौं । जुनसुकै सरकार आएपनि व्यवसायीहरुको मनोवल उच्च राख्न आवश्यक हुन्छ । व्यवसायीहरुले मनोवल उच्च राख्न दुई प्रतिशत बैंकको ब्याज घटाउन वातावरण मिलाउनु,तरलता सहजताका लागि सकारात्मक निर्णयहरु लिनुस्,एलसी मार्जिनक कम गरिदिनुस् भनेका छौं । सरकारले यस्ता कदम सरकारले चाल्यो भने उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुन्छ । अर्थतन्त्र सकारात्मक बाटोमा जान्छ र उच्च रुपमा गिरावट आएको माग पनि बढ्छ । उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायमा लगानी पनि गर्न थाल्छन् ।’

अध्यक्ष अग्रवालले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै व्यापार व्यवसायमा आएको गिरावटलाई कम गर्न सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय मागमा संकुचन हुनु आर्थिक वर्षको पाँच महिना गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा २० प्रतिशत संंकुचन हुनु प्रमुख कारण भएको बताउनु भयो ।

उहाँले शेयर बजार,घरजग्गाको कारोबार गिरावटको कारण सबै क्षेत्रको मागमा संकुचन आएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?