आइएमई पेको विश्वकप अफर

Read Time = 1 min

काठमाडौं । आइएमई पे र बिग डिजिटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार कतारमा जारी विश्वकप फुटबल खेल हेर्न आवश्यक पर्ने टिभी सेट खरिद भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा एक हजार रुपैयाँ फ्ल्याट छुट पाइनेछ । साथै पाँच हजारसम्मको स्क्र्याच कुपन र फ्री स्पिकरसमेत पाइने कम्पनीले जनाएको छ ।

अफर बिग डिजिटलका स्टोरमा विश्वकप अवधिभर कायम रहने बताइएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?