काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका धारणा राख्ने सदस्यले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
उहाँहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले थालेका सुशासन र समृद्धिका अभियानबाट वर्तमान सरकारलाई पछि हट्न नदिन खबरदारी गर्नुपर्ने धारणा राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
“आजको आवश्यकताअनुसार पार्टीमा नयाँ पद्धति र प्रणाली विकास गरी पार्टीभित्रको मूल्याङ्कनको पद्धतिलाई व्यवस्थित बनाउनुपर्छ”, स्थायी समिति सदस्यको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।
आजको बैठकमा १४ सदस्यले धारणा राख्नुभएको थियो । बैठकमा कमला रोका, पम्फा भसाल, उर्मिला अर्याल, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णाकुमारी सुवेदी, कालीबहादुर मल्ल, महेश्वर गहतराज, प्रह्लाद बुढाथोकी, हकीकुल्ला खाँ, जयपुरी घर्ती र जोखमबहादुर महरलाले धारणा राख्नुभएको थियो । बैठक भोलि पनि चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच