काठमाडौं । हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई टेष्ट ड्राइभ एण्ड विण्ड नामक क्याम्पेन ल्याएको छ । जसअन्तर्गत ग्राहकले हुण्डाईका नेपालभर रहेका कुनै पनि शोरुममा गई हुण्डाई गाडीको लाइन अपमध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुण्डाई क्रेटा र मेड इन नेपाल हुण्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ । हरेक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको छ भने साप्ताहिक विजेताले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजेरेटर प्राप्त गर्नेछन् । यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जनाएको छ ।
नयाँ हुण्डाई क्रेटा हालै अगस्ट ६ मा सार्वजनिक गरिएको थियो । लक्ष्मी हुण्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो । प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टमा उपलब्ध रहेको छ भने छ वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहेको छ ।
त्यसैगरी लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनमार्फत् नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोल आउट मे १०, २०२४ मा भएको थियो । मेड इन नेपाल हुण्डाई भेन्युको मूल्य ४४ लाख ९६ हजार र भेन्युको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ । मेड इन नेपाल हुण्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी पाइन्छ । क्याम्पेनको विजेताको घोषणा साप्तहिक रूपमा लक्की ड्रमार्फत् छनोट गरिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच