काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यसँग बयान लिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले आचार्यसँग बयान लिएको हो ।
आचार्य सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम ठगीमा जोडिनु भएको छ ।
विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये आज गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रडक्सन प्रालिका संचालक विपिनकुमार आचार्यलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको समितिका सभापति सुर्य थापाले जानकारी दिनुभयो ।
साथै उहाँका अनुसार आज स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट, पुतलीसडकका अध्यक्ष तथा स्टाण्डर्ड मल्टीप्रपोज, जावलाखेल, चार्टर्ड सेभिङ एण्ड क्रेडिट, न्युप्लाजा, कुबेर सेभिङ एण्ड क्रेडिट, महाराजगन्ज र प्रभु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, न्युरोडमा आबद्ध खेमराज निरौलालाई पनि समितिको बैठकमा ल्याई सोधपुछ गरिएको छ।
त्यस्तै आरोपित व्यक्तिहरूमध्ये आजै दर्शन वचत तथा ऋण सहकारी संस्था, कीर्तिपुरका अध्यक्ष दिनेश दर्शनधारीलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको सभापति थापाले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच