लुटोन । इंग्लिस प्रिमियर लिगमा साबिक विजेता म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । स्ट्यामफोर्ड ब्रिजमा आइतबार राती भएको पहिलो खेलमा सिटीले घरेलु टोली चेल्सीलाई २-० ले पराजित गरेको हो । सिटीको जितमा एर्लिङ हालान्ड र माटेओ कोभासिचले गोल गर्नुभयो ।
१८औँ मिनेटमै सिटीले खेलमा अग्रता लिएको थियो । बर्नाडो सिल्भाको पासमा नर्वेका हालान्डले डिफेन्डर मार्क कुकुरेला र वेस्ले फोफानाको जोडीलाई बिट गर्दै गोल गर्नुभयो । गोलपछि हालान्डले भन्नुभयो, ‘तीन अंक, एक राम्रो सुरुवात ।’ चेल्सीका पूर्वमिडफिल्डर कोभासिचले खेल सकिन ६ मिनेट बाँकी छँदा अर्काे गोल थप्नुभयो ।
लगातार पाँचौँ पटक उपाधि जित्ने दाउमा रहेको सिटीले चेल्सीको तुलनामा बलमा बढी पकड जमाएको थियो । मुख्य प्रशिक्षक ग्वार्डिओलाले आफूले यस्तो नतिजा अपेक्षा नगरेको बताउनुभयो । ‘मैले यस्तो अपेक्षा गरेको थिइनँ । तर, तीन अंक हासिल गरेका छौँ । यद्यपि, ६५ खेल बाँकी छन्,’ उहाँले भन्नुभयो ।
लिगका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले फुमहमलाई हरायो । युनाइटेडले फुलहमलाई १-० ले हराएको हो । यस्तै, अर्को खेलमा आर्सनलले ओल्भ्सलाई हरायो । आर्सनलले ओल्भ्सलाई २-० ले हराएको हो । यसैगरी लिगकै अरू दुई खेलमा न्युक्यासल र एस्टन भिल्ला विजयी भए । न्युक्यासलले साउथआम्पटनलाई १-० ले र एस्टन भिल्लाले वेस्टहृयामलाई २–१ ले हराएको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच