काडमाडौं । यशोदा फुड्सले करेन्ट चाउचाउको विषयमा अदालतको अवहेलनाजन्य दुष्प्रचार भएको भन्दै आपत्ति जनाएको छ । ‘कानुनबमोजिम गर्नू’ भनी सर्वोच्च अदालतले दिएको आदेशको गलत व्याख्या गरी ‘यशोदा फुड्सको उत्पादनको बिक्रीवितरणमै सर्वाेच्च अदालतले रोक लगाएको’ भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गर्ने काम भएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार यशोदा फुड्सले उद्योग विभागमा करेन्ट रेगुलर २० मा बिक्री गर्ने चाउचाउको पाँच प्याक भनी लेबल दर्ताका लागि आवेदन गरिएकोमा सिजी फुड्स (नेपाल)ले सो लेबलमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा उजुरी दिएको उल्लेख छ ।
सो निवेदनमा उद्योग विभागले सिजी फुड्सको दाबी नपुग्ने र यशोदा फुड्सले दर्ता माग गरेअनुसार २०८० जेठ २९ मा ट्रेडमार्क दर्ता गर्ने निर्णय गरेको छ । ‘सिजी फुड्स (नेपाल) प्रालिले सम्मानित उच्च अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन बिक्रीवितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा सम्मानित उच्च अदालत पाटनको संयुक्त इजलासले सुनुवाइ गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९२२२ मा उल्लेखित ट्रेडमार्कका हकमा सुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुंगो लाग्नसमेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभागबाट भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो’ भनी भएको आदेशलाई सर्वाेच्च अदालतबाट ‘कानुनबमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चारमाध्यममा यशोदा फुड्सको उत्पादनको बिक्रीवितरणमा सर्वाेच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको कुरामा यशोदा फुड्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै कम्पनीले उद्योग विभागबाट ट्रेडमार्क र लेबल दर्ता गरी नियमबमोजिम इजाजत प्राप्त लेबलहरूमा मात्र उत्पादन गरिआएको जनाएको छ । एक लेबल दर्ताका क्रममा भने विपक्षीले विरोध गरेकाले सो लेबलका विषयमा हालसम्म पनि उच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यशोदाले उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उद्योग विभागबाट प्राप्त संलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्रबमोजिमका लेबलको मात्र मालवस्तु उत्पादन गरिआएको बेहोरा अनुरोध गर्दै यस विषयलाई गलत व्याख्या गरी बिक्रीवितरणमै रोक लगाएको र बजारमा गएको सामानसमेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा यस्ता हल्लाको पछाडि नलागी निर्वाध रूपमा हाम्रा उत्पादनहरू बिक्रीवितरण गर्न तथा उपभोग गर्न आमउपभोक्ता महानुभावहरू, व्यापारी वर्ग तथा डिलरहरूसमक्ष अनुरोध गर्दछाँै ।’ सिजी फुड्सले भने सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको दाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच