राजुको मुख्य संगीत संयोजन र रेशमको गायनमा एकल साँझ सम्पन्न

Read Time = 3 mins

काठमाडौं । विगत २५ वर्षअघिदेखि सांगीतिक क्षेत्रमा संगीत संयोजनको भूमिका निभाउनुहुने चर्चित र व्यस्त एरेञ्जर राजु खड्काको मुख्य संगीत संयोजनमा सुमधुर स्वरका धनी गायक रेशमकुमार विश्वकर्माको एकल सांगीतिक साँझ जमलस्थित राष्ट्रिय नाचघर अत्यन्त भव्य र सभ्यका साथ सम्पन्न भएको छ ।

नेपालका वरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्य र वरिष्ठ चलचित्रकर्मी मिनसागर लामा, स्टुडियो काठमाण्डु डिजिटलका सञ्चालक एवं वरिष्ठ ध्वनि सम्पादक डिका गुरुङ, वरिष्ठ संगीतकार तथा संगीत संयोजक पवन वाङ लामा, लोकप्रिय गायक प्रेम लोप्चनका साथै नेपाली गीतसंगीत क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

उक्त कार्यक्रममा विगत २२ वर्षदेखि नेपाली लोकगीत क्षेत्रमा राज गर्ने लोकप्रिय गायक राजु परियार र विगत २५ वर्षभन्दा अगाडिदेखि लोक गीतसंगीतमा प्रयोग हुने नेपाली मौलिक बाजा सहनाई बादकका एकमात्र कलाकार भनेर चिनिने वरिष्ठ सहनाई बादक बलबहादुर जैरुलाई दोसल्ला र ताम्रपत्रद्वारा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा ३० भन्दा धेरै विभिन्न अतिथि कलाकारले अत्यन्त रोमाञ्चित वातावरणमा गीतसंगीत प्रस्तुत गरेका थिए । काठमाडौंको हाँडीगाउँमा जन्मिनुभएका राजु खड्काले उक्त कार्यक्रममा सम्पूर्ण वाद्यवादकहरूलाई निर्देशन गर्दै मुख्य संगीत संयोजकको भूमिका निभाउनुभएको थियो ।

विगत लामो समयदेखि गीतसांगीतको क्षेत्रमा निरन्तर गायकको भूमिकामा आफ्ना गीतमार्फत् धेरैको मन जित्न सफल हुनुभएका रेशमकुमार विश्वकर्माले एकल स्वरमा आफ्नो सुमधुर स्वरमार्फत दर्शक/श्रोताको प्रशंसा बटुल्न सफल हुनुभएको थियो । कार्यक्रमको प्रस्तुतिलाई लिएर आमन्त्रित व्यक्तित्व र दर्शक/श्रोताले तारिफ गरेका थिए ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Madhav bhandari
Madhav bhandari
2022-08-06 8:45 am

Good

रिलेटेड न्युज

छुटाउनुभयो कि ?