नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण सकिएपनि प्रयोग विहीन भएको छ । गत वर्षको कात्तिक महिनामै शीत भण्डारको निर्माण कार्य सकिए पनि हाल सम्म प्रयोगमा आएको छैन ।
सुस्ता ४ नर्सहीमा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको झण्डै ५ करोड लगानीमा शित भण्डार निर्माण सम्पन्न भएको गाउँपालिकाको योजना शाखा प्रमुख विष्णु पसाद ढकालले जानकारी दिनु भयो । सो क्षेत्रमा हरेक वर्ष केराले बजार नपाउँदा कुहिएर जान्छ तर शित भण्डार उपयोगमा नआउँदा किसानले लाभ लिन सकेका छैनन् ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले पहिलो चरणको निर्माण कार्य पूरा भएपनि बाहिरी तारबार सहितको संरचना निर्माणको काम अहिले चलिरहेको र कतिपय काम अझै बाँकी नै रहेको बताउनु भयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा केहि बाकी रहेको कामका लागि थप बजेट विनियोजन गरि काम गरिएको छ । यो वर्षदेखि शीत भण्डार सञ्चालनमा आउने छ ।
पाच सय मेट्रिक टन क्षमताको शित भण्डारमा त्यस क्षेत्रका किसानले आफ्ना उत्पादन लामो समय सम्म प्रयोग तथा विक्रीका लागि राख्न सक्ने छन् । केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले शितभण्डार सुस्ता र प्रतापपुरका केरा किसानका लागी अत्यावश्यक भईसकेको बताउनु भयो । 'शितभण्डार केरा किसानका लागि अत्यावश्यक छ तर यस क्षेत्रका पालिका गम्भीर नहुदा केरा त्यसै कुहिएर खेर गइरहेको छ'– यादवले भन्नु भयो । निर्माण सम्पन्न भएको शितभण्डार तत्कालै प्रयोगमा ल्याउनुपर्ने भएपनि पालिका किसानप्रति गम्भीर नदेखिएको कारण हाल सम्म पनि प्रयोगमा आउन नसकेको यादवको भनाई छ ।
'केरा राख्न मिले एकदमै उपयोगी हुने थियो तर केरा राख्न मिल्छ कि मिल्दैन हामीलाई थाहा छैन ।' गाउँपालिका अध्यक्ष उपाध्यायले भन्नुभयो , 'शीत भण्डार बन्यो अव के राख्ने भन्ने बिषय सोच्दै छौँ ।'केरा भण्डारण गर्ने किसिमको प्रविधि नभए सुस्तामा बनेको शीत भण्डारले स्थानीय उत्पादन नपाउने र स्थानीय रुपमा अर्थहिन हुने उपाध्ययको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच