लण्डन । म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर सिटीले तीन-शून्यको सहज जित हात पारेको हो । सिटीको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल थप्नुभयो । खेलको २४औँ मिनेट भने सिटीले पेनाल्टीमार्फत् अग्रता लिन अवसर पायो । युनाइटेडका स्ट्राइकर रास्मस होइलन्डले रोड्रीलाई पेनाल्टी बक्समा लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा हालान्डले सहजै गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो ।
पहिलो हाफको अन्तिम समयमा भने युनाइटेड बराबरीको नजिक पुगेको थियो । स्कट मक्टोमिनेको प्रहार सिटीका गोलरक्षक एडरसनले राम्रो बचाउसहित पोस्टबाहिर फाल्नुभएको थियो । त्यसपछि पहिलो हाफको अन्तिम मुभमा ओनामाले हालान्डको हेडरको राम्रो बचाउ गर्नुभयो ।
दोस्रो हाफको सुरुवातमा पनि सिटी नै हाबी हुँदै ४९औँ मिनेटमा अग्रता दोब्बर ग¥यो । बर्नार्डो सिल्भाको क्रसमा हालान्डले खाली रहेको अवस्थामा हेडरमार्फत् खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । ५७औँ मिनेटमा ग्रिलिसको प्रहारमा पुनः ओनाना बाधक बन्नुभयो ।
८०औँ मिनेटमा भने सिटीले तेस्रो गोल गर्न सफल भयो । हालान्डकै असिस्टमा फिल फोडेनले सहजै गोल गर्दै खेलमा जित सुनिश्चित गर्नुभयो । सिटी १० खेलमा आठ जित र दुई हारसहित २४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनलको पनि २४ अंक भए तापनि गोल अन्तरका आधारमा दोस्रोमा छ । शीर्ष स्थानमा रहेको टोटनहमको २६ अंक छ । पराजित युनाइटेड भने पाँच जित र पाँच हारसहित १५ अंक बटुल्दै आठौँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच