‘सेनाले व्यावसायिक दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छ’

Read Time = 2 mins

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताउनुभएको छ ।

नेपाली सेनाको काठमाडौँ–तराई/मधेस दु्रतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उहाँले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो । रणनीतिक र दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणको काम सेनाले अघि बढाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'विकास निर्माणमा देखिएका समस्या अभिलेखीकरण गर्दै गहन सोध आवश्यक छ ।'

आयोजना प्रमुख विकास पोखरेलले विकास निर्माणसम्बन्धी लेखले नागरिक सैनिक सम्बन्ध बलियो बन्ने बताउनुभयो । लेख रचना मूल्याङ्कन समितिका प्रा डा धु्रव कार्कीले सेनाले लेख रचनाको सङ्कलन र प्रकाशन गर्दा सेना र प्राज्ञिक क्षेत्रको सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रधान सेनापति शर्माले खुला सामरिक लेख रचना प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कार प्रदान गर्नुभयो । आशिष अधिकारीको लेख पहिलो, वीरञ्ची पौड्यालको दोस्रो र अशोक ढकाल र सपना पाठकको लेख तेस्रो भएको छ । पुरस्कारको राशि पहिलो रु दुई लाख, दोस्रो रु एक लाख ५० हजार र तेस्रो रु एक लाख रहेको छ । कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा सहभागी हुनुहुन्थ्यो ।
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?