
अर्घाखाँची।अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ।
मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका उनको माथिबाट पहिरो खस्दा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु हो ।
गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्याप्पिएका घटनास्थलबाट वडा नम्बर १३ का सचिव रामु आचार्यले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच