![नयाँ दर्शन र पुराना सोच](https://ehimalayatimes.com/wp-content/uploads/2023/08/Keshab-Chulaganin-Article-Hita.jpg)
काठमाडौं । चौथो संस्करणको आदिवासी जनजाति चलचित्र महोत्सव हुनेभएको छ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा यही जेठ २३ देखि २५ गतेसम्म यो महोत्सव आयोजना हुने भएको हो ।
महासंघले काठमाडौंमा एक कार्यक्रम गर्दै महासंघका अध्यक्ष पुर्खाजित राईले आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।
‘महासंघले स्थापनाकालदेखि नै महोत्सवलगायतका आदिवासी जनजाति चलचित्र प्रवद्र्धनसम्बन्धी कार्यक्रम गर्दै आएको हो’, राईले भन्नुभयो, ‘कोरोना महामारीका कारण तेस्रो संस्करणपछि महोत्सव आयोजना गर्न सकिएको थिएन । अहिले आएर पुनः निरन्तरता दिन लागेका छौ ।’
महोत्सवको योे संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित नौवटा चलचित्र प्रदर्शन गरिने जनाइएको छ । महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक च्वाईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच