सर्लाही हरिपुरको एक वडामा एकीकृत समाजवादीले खोल्यो खाता

Read Time = 2 mins

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको एक वडामा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादीबाट हरिपुर नगरपालिका–९ को वडाध्यक्षका उम्मेदवार विश्वनाथ राय यादव ११ सय ८७ मतका साथ विजयी हुनु भयो । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनाथ साहले ५ सय ५५ मत मात्र प्राप्त गर्नुभयो ।

यस्तै उक्त पालिकामा मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीले १ हजार ४७ मतसहित अग्रता कायम गर्नुभयो । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार १ हजार १६ मतसहित र निवर्तमान मेयर जमरुद्दिन मन्सुरले ९ सय ७५ मतसहित चुनावी मैदानमा हुनुहुन्छ ।

यसैबीच उपमेयरका उम्मेदवारहरूमा एकीकृत समाजवादीकी शिलु कार्की १२ सय २५ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।नेकपा माओवादी केन्द्रकी अनिता देवी १ हजार १८ मत र नेपाली कांग्रेसकी उम्मेदवार निलमदेवी राय यादव ८ सय मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
एसवी थापार/ज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?