चीनको अर्थतन्त्रमा चार दशमलव पाँच प्रतिशतले वृद्धि

Read Time = 2 mins

बेजिङ । चीनको अर्थतन्त्रमा चार दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र गत वर्षको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको हो । यसले बेइजिङको कडा ‘शून्य कोभिड-१९’ नीतिको अन्त्यपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र दृढताका साथ सकारात्मक बाटोतर्फ लागेको संकेत गरेको छ ।

मंगलबार सार्वजनिक भएका अन्य आधिकारिक आर्थिक तथ्यांकले समेत अर्थतन्त्र सकारात्मक दिशातर्फ बढेको संकेत गरेका छन् । नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्यांक अनुसार खुद्रा बिक्री वार्षिक रूपमा १०.६ प्रतिशतले बढेको छ । जबकि मूल्य अभिवृद्धि सेवा उत्पादन पाँच दशमलव चार प्रतिशतले बढेको छ ।

मूल्य अभिवृद्धि औद्योगिक उत्पादन वार्षिक रूपमा तीन प्रतिशतले बढेको छ । तर, उत्पादनको मापन गर्ने खरिद प्रबन्धक सूचकांक फेब्रुवरीमा ५२.६ बाट ५१.९ मा झरेको छ । ५० भन्दामाथिको कुनै पनि बिन्दुलाई बढेको नै मानिन्छ ।

चीनको अर्थतन्त्र गत वर्षमात्र तीन प्रतिशतले बढेको थियो । जुन सन् १९७६ यताकै दोस्रो न्यून वृद्धि हो । महिनौंसम्म चीनले कोभिड–१९ को महामारीविरुद्ध कडा नीति लागू गरेपछि यसको आर्थिक क्रियकलापहरूमा संकुचन आएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?