जिल्ला बार इकाई सप्तरीमा प्रगतिशील समूह विजयी

Read Time = 3 mins

राजविराज । सप्तरी जिल्ला अदालत बार इकाई राजविराजमा प्रगतिशील समूहको प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा समावेशी प्रगतिशील समूहका प्यानल विजयी भएका छन्।

प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी विजयी हुनुभयो। चौधरीले ५३ मत पाएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी बृहत लोकतान्त्रिक गठबन्धन समूहका अधिवक्ता कामेश्वर यादवले ३९ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक कृपानारायण यादवले जानकारी दिनुभयो ।

त्यसैगरी उपाध्यक्ष पदमा फुलनारायण यादवले ५६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन समूहका ममताकुमारी चौधरीले ३७ मत प्राप्त गर्नुभयो। सचिवमा प्रमोदकुमार चौधरीले ५७ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक गठबन्धन समूहका कमलकुमार यादवले ३४ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा प्रगतिशील समूहकी मनु खनाल ५७ मत प्राप्त गरी विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी विरेन्द्रप्रसाद चौधरीले ३६ मत प्राप्त गर्नुभयो ।

यसैगरी सदस्यहरूमा वीरबहादुर कडारीले ६१, वैद्यनाथ चौधरीले ५५, उमेशनारायण शरणले ५१, राजनारायण यादवले ५० र रहमुल मन्सुरीले ४३ मत प्राप्त गरि निर्वाचित हुनुभयो ।

यस्तै केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, वीरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित हुनुभयो ।

सहसचिव पदमा समावेशी प्रगतिशील समूहकी किरण साह निर्विरोध निर्वाचित हुनुभयो । सप्तरी जिल्ला बार इकाई राजविराजमा कुल ९७ मतदातामा ९४ जनाले मतदान गर्नुभयो ।
-न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?