फेस अफ द नेशनको उपाधि बबिराजलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘फेस अफ द नेशन २०२३’ को उपाधि बबिराज कार्कीले चुम्नु भएको छ । काठमाडौंमा भएको अन्तिम स्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।

प्रतियोगितामा आलोक महर्जनले फष्ट रनर अपको उपाधिसँगै बेष्ट ट्यालेण्टको अवार्ड हात पार्नुभयो भने शुभेक्षा बस्नेतले सेकेण्ड रनर अपको उपाधिसहित भ्युअर च्वाइसको अवार्ड हात पार्न सफल हुनुभयो । विधागत अवार्डतर्फ पब्लिक च्वाइसमा आशिष थापामगर र पब्लिक च्वाइसकै रनर अपमा प्रकृति तामाङ विजयी हुनुभएको थियो ।

प्रतियोगितामा सरोज ओझा, रेजिना तुलाधर, महेश केसी, माधवराज खरेल, विनोद ढकाल, डा.रमानन्द चौधरी, मनोज जोशी र शुभेक्षा ढकाल निर्णायक रहनुभएको थियो । रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको इभेन्ट निर्देशन परमानन्द चौधरीले गर्नुभएको हो ।

मोडल सङ्स नेपालले आयोजना गरेको प्रतियोगितामा भाग लिन नेपालभरबाट सयभन्दा बढिले आवेदन दिएकोमा प्रशिक्षण लिएका १६ जनालाई अन्तिम प्रतिस्पर्धामा उतारिएको संस्थाकी अध्यक्ष स्वस्ती दंगालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?