काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था, शाखा कार्यालय साँखुले वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यका लागि छ दिने जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको छ । ग्राहक सदस्यलाई उद्यमशील बनाई उनीहरूको आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साँखुमा ३० र जोरपाटीमा ३० ग्राहक सदस्य गरी जम्मा ६० जना सदस्यको सहभागितामा तालिम आयोजना गरिएको कम्पनीले जनाएको छ । तालिममा सदस्यहरूलाई सञ्चार गर्ने प्रभावकारी उपाय, निर्णय लिन सक्ने क्षमता विकास, समय तथा तनाव व्यवस्थापन, व्यवसाय व्यवस्थित तरिकाले अगाडि लैजान अपनाउनुपर्ने रणनीतिलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
सो अवसरमा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले तालिम व्यवसाय सञ्चालनमा अति उपयोगी भएकाले तालिमबाट सिकेका विषयवस्तु अनिवार्य व्यवहारमा उतार्न आग्रह गर्नुभयो । त्यसैगरी गोकर्णेश्वर नगरपालिका ६ का वडासदस्य मञ्जु पुडासैनीले लघुवित्तले गरिबी समाजमा सामूहिक दायित्वका आधारमा बिनाधितो कर्जा प्रवाह गरेका कारण महिलाको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठूलो मद्दत गरेको बताउनुभयो ।
शाखा कार्यालय साँखुका कार्यालय प्रमुख झबिलाल लामिछानेको संयोजकत्वमा सञ्चालन भएको तालिममा केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक गोविन्द चापागार्इंले तालिमबाट प्राप्त ज्ञान प्रभावकारी रूपमा व्यवहारमा उतारेमा पुनः अन्य तालिमहरू पनि सञ्चालनमा ल्याई ग्राहक लाभान्वित हुने किसिमका सेवा प्रवाह गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । तालिममा केन्द्रीय कार्यालय, इलाका कार्यालय तथा शाखा कार्यालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच