
‘एकमात्र’ हरिभक्त सिग्देलको ‘महेश’ को महाकाव्य हो । यो उहाँको पहिलो महाकाव्य कृति हो । साहित्यका विभिन्न विधामा हात चलाउँदै आउनुभएका सिग्देलका चार दर्जन जति कृति प्रकाशित भइसकेका छन् । आध्यात्मिक दर्शनबाट बढी प्रभावित उहाँका धेरैजसो कृतिहरू अध्यात्ममै आधारित छन् । पछिल्लो समय उहाँका संसारमा भगवान्लाई विभिन्न धर्मका साधक र अनुयायीहरूले विभिन्न रूपमा मान्ने गरेको भए पनि यथार्थमा भगवान एकमात्र छन् भन्ने दर्शनबाट डोहोरिएर उहाँले यही शीर्षकमा तीनवटा कृतिहरू प्रकाशित गर्नुभएको छ । यही शीर्षकमा एउटा विचारसङ्ग्रह भीमकाय रूपमा प्रकाशित गर्नुभएको थियो भने अर्को कवितासङ्ग्रह पनि यही शीर्षकमै प्रकाशित गर्नुभयो ।
पछिल्लो समयमा यहाँले पुनः यही शीर्षकमा महाकाव्य नै प्रकाशित गर्नुभएको छ । ओरियन्टल पब्लिकेसन प्रा.लि.बाट प्रकाशित भएको यस कृतिको सर्वाधिकार कृतिकारमा रहेको छ भने २०८१ साल वैशाखमा प्रकाशित यस कृतिको यो पहिलो संस्करण हो । भूमिका खण्डसहित २०८ पृष्ठको यो डिएमआई आकारको यस कृतिको मूल्य ५०१ रुपैयाँ रहेको छ । तौलयुक्त सेतो कागजमा छापिएको यस पुस्तकको छपाइ स्तरीय छ । अशुद्धि कमै मात्र पाइन्छन् । प्रमुख वितरका शब्दार्थ प्रकाशन चाबेल र मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल रहेको यस पुस्तकको मुद्रण नेपालमा मुद्रित भनिएको छ ।
यसको आवरण टाइम्स क्रिएसनबाट तयार भएको जननाइएको छ । आवरण यस पुस्तकको सन्देश संप्रेषण गर्ने खालको सबै धर्म एकै हुन्, भगवान् एकमात्र छन् भन्ने भावना र यही सिद्धान्त समेट्ने गरी तयार पारिएको छ । आकाश सूर्यलगायत ब्रहृमाण्ड जस्तो लाग्ने अमूर्त कलामा यो तयार पारिएको छ । बीचमा ठूला अक्षरमा पुस्तको शीर्षक ‘एकमात्र’ भनेर राखिएको छ । त्यसमुनि साना अक्षरमा यसको विधा ‘महाकाव्य’ भनेर खुलाइएको छ । त्यसभन्दा तल महाकाव्यकारको नाम दिइएको छ ।
महाकाव्य सानो साधनाले लेख्न सकिँदैन । त्यस अर्थमा निश्चिय नै यो महाकाव्य पनि सानो साधनाबाट तयार भएको छैन । हिन्दु धर्मका वेद, पुराण, रामायण, महाभारत, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान, बौद्ध धर्मावलम्बीहरूको त्रिपिटकलगायत अनेकौं दृष्टान्त अघि सारेर यो महाकाव्य लेखिएको छ ।
पृष्ठ आवरणमा गोपी मैनाली, कलानिधि दाहाल, प्राडा.अर्जुनदेव भट्ट, युवराज मैनाली र विष्णुप्रसाद पन्तका यही पुस्तकको भूमिकाबाट झिकिएका विचारहरू सङ्क्षिप्त रूपमा दिइएको छ । तल प्रकाशक संस्था ओरियन्टल पब्लिकेसनको नामसहित लोगो दिइएको छ । भूमिका खण्डमा प्राडा.ऋषिराम पोखरेलको ‘शुभाशीर्वचन’ पद्यमा रहेको छ । त्यसपछि गोपी मैनालीको ‘अध्यात्मदर्शनको आकाशगङ्गा ‘एकमात्र’ महाकाव्य’, कलानिधि दाहालको ‘एकमात्र : शुभकामना !’, प्राडा.अर्जुनदेव भट्टको ‘शुभकामना’, युवराज मैनालीको ‘शुभकामना’, विष्णुप्रसाद पन्तको ‘शुभकामना ‘एकमात्र’ महाकाव्यलाई’ महाकाव्यकार सिग्देलको ‘एकमात्र महाकाव्यको जन्म’ रहेका छन् ।
यसपछि ११ श्लोकको मङ्गलाचरण, दुई श्लोकको प्रार्थना र पाँच श्लोकको समर्पण छन् । त्यसपछिमात्र महाकाव्यको पहिलो सर्ग सुरु हुन्छ । यस महाकाव्यमा ११ वटा सर्ग छन् । महाकाव्य जस्तो काव्यको वृहत्तम स्वरूपको लेखनको आँट गरेको मानिसमा यससम्बन्धी आवश्यक ज्ञान हुन्छ नै । हिमाल, पहाड, वन, जङ्गल, नदी, तालतलैया, समुद्र, आकाश, धर्तीलगायत सबै वा कुनै कुराको प्राकृतिक चित्रण महाकाव्यमा हुनुपर्छ, सर्ग विधान अपनाइनुपर्छ, मङ्गलाचरणबाट लेखनको थालनी गर्नुपर्छ र प्रत्येक सर्गको अन्तिम श्लोक त्यस सर्गका अरू श्लोकभन्दा फरक छन्दमा हुनुपर्छ र त्यसले अर्को सर्गमा लेखिने वा वयान गरिने भावको सङ्केत गरेको हुनुपर्छ भन्ने मान्यता छ ।
अहिलेसम्म लेखिएका महाकाव्यहरूले यस विधानलाई मानेकै छन् । यस महाकाव्यले पनि यसलाई स्वीकारेको छ । यो महाकाव्य सम्पूर्ण रूपमा अनुष्टुप छन्दमा लेखिएको छ र प्रत्येक सर्गका अन्तिमको श्लोक भने भुजङ्गप्रयात, पञ्चचामर, मन्दाक्रान्ता, शार्दुलबिक्रीडित, मालिनी, इन्द्रबज्रा, उपेन्द्रबज्रा छन्दहरूमा रहेका छन् । ११ वटा सर्गमध्ये पहिलो सर्गमा १०३, दोस्रोमा १०३, तेस्रोमा १०५, चौथोमा १०२, पाँचौंमा १०२ र छैटौं सर्गमा १०३ वटा श्लोक छन् ।
यसैगरी सातौं सर्गमा १००, आठौंमा १०२, नवौंमा १०४, दशौंमा १०१ र एघारौं सर्गमा १०४ श्लोक छन् । पुस्तकको अन्तिममा महाकाव्यकारबारे परिचय झल्किने व्यक्तिगत विवरण पनि दिइएको छ । महाकाव्य सानो साधनाले लेख्न सकिँदैन । त्यस अर्थमा निश्चिय नै यो महाकाव्य पनि सानो साधनाबाट तयार भएको छैन । हिन्दु धर्मका वेद, पुराण, रामायण, महाभारत, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान, बौद्ध धर्मावलम्बीहरूको त्रिपिटकलगायत अनेकौं दृष्टान्त अघि सारेर यो महाकाव्य लेखिएको छ ।
यी विभिन्न धर्मावलम्बीले मान्ने गरेको शिव, ब्रहृमा, विष्णु, राम, कृष्ण, क्राइष्ट, अल्लाह, बुद्ध जे जे नाम दिएर धार्मिक मान्यता स्थापित गरी धर्मको अभ्यास र पालना गर्दै आएका भए पनि भगवानका यी अनेक रूपमात्र हुन् भगवान् वा ईश्वर भनेको चाहिँ एउटैमात्र हुन्छ भन्ने सन्देश संप्रेषण गर्ने उद्देश्यका साथ यो महाकाव्य लेखिएको देखिन्छ । यसका लागि महाकाव्यकार हरिभक्त सिग्देल ‘महेश’लाई हार्दिक बधाई तथा पुस्तकको सफलताको शुभकामना । यसका साथै उहाँबाट नेपाली साहित्यले यस्ता अन्यान्य कृतिहरू पाइरहोस्, उहाँलाई अग्रिम रूपमा शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच