सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–३ माडी फाँटको धान खेतमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।
सोमबार अपरान्ह ५ः१५ बजे खेतमा धान गोड्ने क्रममा परेको चट्याङ लागेर हरिहरपुरगढी–१ शिखर टोल बस्ने ४० वर्षीया छलिमाया थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार चट्याङ लागेर घाईते हुनेहरुमा सोही ठाउँका ४० वर्षीया लुकुमाया रुम्बा र उहाँको छोरी १८ वर्षीया सुशिला रुम्बा छन् । घाईते दुवै जनाको मकवानपुरस्थित लामा पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
सिन्धुली प्रहरीको तथ्यांकअनुसार जिल्लामा पाँच वर्ष यता चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच