नेपालगञ्ज । नेपालगञ्ज म्याराथनको १०औँ संस्करणलाई उत्सवमय बनाउन प्रि-इभेन्टका रूपमा नेपालमै पहिलोपटक नेपालगञ्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ । नेपालगञ्ज रात्रि दौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहीबार राती हुनेछ । राती ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुने बताइएको छ । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण रुटमा रात्रिकालीन दौड सञ्चालन गरिनेछ । नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ हृयाण्ड्सले १०औँ संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रि दौड आयोजना गर्न लागेको जनाएको छ ।
भदौ १ देखि खेलाडीको नाम दर्ता खुलिसकेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । पहिलोपटक आयोजना हुन लागेको हुँदा नाइट रनमा व्यावसायिक र कम्तीमा पाँच किमी दौडको अनुभव भएका धावक-धाविकालाई मात्र सहभागी गराइने आयोजकको भनाइ छ ।
पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने आयोजकले जनाएको छ । १० किमी रात्रि दौडसँगै अन्यका लागि फन रनका रूपमा सहभागी गराइनेछ । पुरुष र महिलातर्फका शीर्ष तीनजनालाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कृत गरिने जनाइएको छ । भेट्रानतर्फ १५ हजार, १० हजार र पाँच हजार नगद प्रदान गरिनेछ । दर्ता मिति भदौ १५ गतेदेखि २० गतेसम्म राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच