काठमाडौं । अरब लिगका महासचिव अहमद अबोल–घितले बुधवार उत्तरी वेस्ट बैंकमा हालैको घातक इजरायली सैन्य कारबाहीको कडा निन्दा गर्नुभएको छ ।
इजरायलले उत्तरी वेस्ट बैंकमा गरेको आक्रमण र हत्याहरू एवं त्यहाँको पूर्वाधारको विनाश विनाशको संकेत भएको बताउनु भयो । इजरायलले प्यालेस्टिनीहरू विरुद्ध जताततै नरसंहार युद्ध लडिरहेको बताउनु भयो ।
अबोल–घितले संयुक्त राज्यले इजरायलमा अर्थपूर्ण दबाब दिन असफल भएको र इजरायली चालबाजीमा झुक्किएको आरोप लगाउनु भयो ।
उनले संयुक्त राज्य अमेरिकालाई वेस्ट बैंकमा हालैका इजरायली सैन्य कारबाहीमा स्पष्ट अडान लिन र यस क्षेत्रमा बढ्दो इजरायली अहंकारलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।
अक्टोबर ७, २०२३ मा प्यालेस्टिनी–इजरायली द्वन्द शुरु भएदेखि इजरायलले वेस्ट बैंकमा लगभग दैनिक आक्रमणहरू गरिरहेको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द शुरु भएदेखि नै वेस्ट बैंकमा इजरायली आक्रमणबाट ६६० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।
सिन्ह्वा /न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच