काठमाडाैं । पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ । लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ ।
अविरल वर्षाका बीच राजकोट अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पर्खाल बिहीवार बिहान भत्किएको छ । अधिकारीहरुका अनुसार राज्यका प्रभावित जिल्लाहरुमा राहत र उद्धार कार्य जारी रहेको छ । बाढी प्रभावित क्षेत्रबाट झन्डै १८ हजार मानिसलाई विस्थापित गरिएको छ भने ४० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।
बुधवार देवभूमि द्वारका, जामनगर, राजकोट र पोरबन्दर जस्ता सौराष्ट्र क्षेत्रहरूमा १२ घण्टामा ५० देखि २०० मिलिमिटरसम्म वर्षा भएको थियो । यस अवधिमा देवभूमि द्वारकाको भानवड तालुकमा १८५ मिलिमिटर वर्षा भएको छ, जुन राज्यकै सबैभन्दा बढी हो । वर्षाले राज्यमा सवारी साधनको आवागमन, रेल सेवा र उडान सञ्चालन पनि अवरुद्ध भएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच