रुपन्देही । नेपाली उद्यमी मञ्च रुपन्देहीको आयोजनामा रुपन्देहीमा सातौं राष्ट्रिय युवा उद्यमी सम्मेलन सुरु भएको छ । कोटिहवामा आयोजना गरिएको सम्मेलनको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले युवाहरुले समस्या समाधानको लागि विभिन्न प्रकृतिको सल्लाह सुझाव दिनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समयमा अवको योजना भनेको समस्या केन्द्रीत र सार्थकता हुने प्रकृतिको हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँँले अबका युवाहरुले देशको नेतृत्वको विषयमा छलफल हुनुपर्ने बताउनु भयो । पछिल्लो समयमा अर्थतन्त्रको विविधि सुचाङ्क हेर्दा अफ्ठारो अवस्थामा रहेको पौडेलले बताउनु भयो । उहाँले अहिले पछिल्लो समयमा अर्थतन्त्रका विभिन्न सूचकहरु हेर्दा समस्या बढी भएको बताउँदै अनुभवी उद्यमी, युवा उद्यमीहरुसंगको छलफलमा उत्पाादन घटेको बताएको आफुले पाएको बताउनु भयो ।
पछिल्लो समयमा उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेको भन्दै अर्थमन्त्री पौडेलले अहिलेको अवस्थामा उद्योगहरु जम्मा ४० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताउनु भयो । युवा जनशक्तिलाई देशभित्र राख्न सक्छौ की सक्दैनो भन्ने समस्या आएको भन्दै देश बनाउने ल्याकत सबैमा रहेको उहाको भनाई छ ।
नेपाली जनताको लामो समयमको प्रयासबाट लोकतान्त्रीक गणातन्त्रात्मक मुलक बनेको भन्दै उहाँले नागरिकको अधिकारपूर्णरुपमा उपयोग गर्ने अवस्था अनिवार्य रहेको बताउनु भयो । युवाउद्यमीहरुलाई सुझाव दिँदै मन्त्री पौडेलले अबको युवाले व्यवस्था परिर्वतन मात्रै होईन अवस्थासमेत परिर्वतन गर्न तर्फ लाग्नुपर्ने बताउनु भयो ।
सृजशिल युवा उद्यमीहरुले देशमा नै केही गर्न सक्ने अवस्था रहेको भन्दै उहाँले राष्ट्रको श्रीवृद्धिमा युवाहरु लाग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो ‘अवको युवा भनेको देश विकासमा जोड दिन आवश्यक छ, युवा उद्यमीशिलता गर्दा केही समस्या आएमा हामी समस्या समाधानको लागि सहकार्य गर्न तयार छौ, सामस्या समसाधान खोज्ने ल्याकतको सरकार छ ।’
युवाहरुलाई नयाँ नयाँ उद्यमशिलतामा लाग्न आग्रह गर्दै उहाँले उद्यमी र युवा उद्यमीहरुलाई निर्णय प्रक्रियामा सहभागी गराउने गरी काम अगाडी बढेको बताउनु भयो ।
सार्वजनिक ऋणको आकार वृद्धि हुँदै गएको अवस्थामा सबैले कुन ऋण लिने, कुन ऋण नलिने भन्ने विषयमा छनौट गरेर मात्रै ऋण लिनुपर्ने बताउनु भयो ।
राजश्व घटेको कारण साधारण खर्च धान्न सक्ने अवस्था समेत विकराल अवस्था रहेका बताउँदै अर्थमन्त्री पौडेलले अहिलेको राजश्वको लक्ष्य परिपूर्तिका लागि ३० प्रतिशत वृद्धि गरेमा समस्या समाधान हुने बताउनु भयो ।
उद्यमी र व्यवसायीहरुसंगको सम्बन्ध नंग र मासु सरहररहेको बताउँदै मन्त्री पौडेलले अव सरकारको अलोचना हुने अवस्था सधैंको लागि अन्त्यगर्ने अवस्था रहेको धाराण राख्नु भयो ।
उहाँले स्टाटप विजनेशलाई सरकारले प्रमोट गर्ने पक्षमा रहेको बताउनु भयो पछिल्लो समयमा आईटी क्षेत्रबाट ठुलो योगदान दिन सक्ने अवस्था रहेको भन्दै उहाँले यसमा ध्यान दिन आग्रह गर्नु भयो ।
फरक प्रंसगमा उपप्रधानमन्त्री पौडेलले बुटवलको मोतिपुर क्षेत्रमा निर्माण गर्न लागिएको औद्योगीक क्षेत्रलाई अहिले भोगचलन गर्दै आएका मानिसहरुको जग्गालाई थातिराखेर बाँकी रहेको जग्गामा औद्योगीक क्षेत्र निर्माण गर्ने गरी काम अगाडी बढाउने तर्फध्यान अगाडी बढाएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष रिषव ओझाले वतर्मान अवस्थामा युवा पलायन रोक्नुपर्ने बताउनु भयो । उहाँले युवाहरुले विचमा राष्ट्रिय मञ्चसमेत खडा गरेमा सरकारसंग हातेमालो गर्न तयार रहेको बताउनु भयो ।
युवा उद्यमी मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुशल चन्द्र श्रेष्ठ युवा उद्यमीहरु राष्ट्संग सहकार्य गर्न तयार रहेको बताउनु भयो । नेपाली युवाहरुले सुरुवात गरेको अभियानलाई सबै मिलेर सार्थक बताउनुपुर्ने बताउनु भयो । राष्ट्रिय युवा सम्मेलनमा १४ वटा जिल्लामा ८ सय बढी युवाहरुको सहभागीता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच