काठमाडौं । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिस पारालम्किप-२०२४ को क्वार्टरफाइनलबाट बाहिरिनु भएको छ । पलेशाले शुक्रबार भएको क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग हार व्यहोर्नुभएको हो । पलेशालाई फर्नान्डेसले महिला के-४४-५७ केजी तौल समूहमा १०-८ ले पराजित गर्नुभयो । खेलको अन्तिम २० सेकेण्ड बाँकी रहँदा पनि पलेशा दुई अंकले अघि हुनुहुन्थ्यो तर, यसपछि फर्नान्डेसले लगातार चार अंक जोड्दै पलेशालाई पछि पार्नुभयो । यसअघि पलेशाले आफ्नो पहिलो खेलमा भेनेजुयाली प्रतिद्वन्द्वीलाई सहजै हराउनुभएको थियो । उहाँले भेनेजुयलाकी मोरालेस भालेरियालाई ३१-० ले पराजित गर्नुभएको थियो ।
रिपिचेजको मौका
क्वार्टरफाइनल पराजित पलेशाले रिपिचेजमा मौका पाउनुभएको छ । रिपिचेजबाट उहाँकांस्य पदकसम्म पुग्न सक्नुहुनेछ । तीन वर्षअघि टोकियो पारा ओलम्पिक खेलिसकेकी पलेशाले हाङचाउ एसियाली खेलकुदकी कांस्य पदक जित्नुभएको थियो । गत चैतमा चीनमा ताइयानमा भएको एसियाली ओलम्पिक छनोट चरणमा स्वर्ण पदक जित्दै उहाँ पेरिस ओलम्पिकमा पुग्नुभएको हो ।
भरत पहिलो चरणबाटै बाहिर
नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत तेक्वान्दोको के-४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि बिहीबार पराजित हुनुभएको छ । पेरिसस्थित ग्राण्ड पेलेसमा भएको राउण्ड अफ १६ को खेलमा पाँचौं विश्व वरीयताका जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गर्नुभयो । भरत विश्व वरीयताको ५७औं स्थानमा हुनुहुन्छ । हारसँगै भरत प्रतियोगिताबाट बाहिरिनुभएको छ ।
भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउनुहुनेछ । भरत र भीम वाइल्ड कार्डमार्फत पारालिम्पिकका लागि छनोट हुनुभएको हो । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच