देउवालाई गगन थापाको प्रश्न: नेतृत्व छाड्न तयार हो ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री आफ्नो पार्टी अफ्ठ्यारोमा अवस्थाबाट गुज्रिएको बताउनु भएको छ ।

छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निरासा बदल्न नसकेको बताउनु भयो ।

आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उहाँले सभापति शेरबहादुर देउवा यसका लागि तयार हो ? भनेर प्रश्नसमेत गर्नुभयो ।

सबैले नेतृत्वले ठिक ढंगसँग काम गर्न नसकेको गुनासो आइरहेको बताउँदै महामन्त्री थापाले भन्नुभयो, ‘हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? उहाँ तयार हुनुहुन्छ ?’

जहाँबाट समस्या भएको छ त्यहीँबाट समाधान नखोजे पार्टी बन्न नसक्ने उहाँको भनाइ छ ।

महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै काँग्रेसले यि तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले काँग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताउनुभयो । उहाँले कांग्रेसको पुनःनिर्माण सम्भव भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?