प्राडा. चूडाराज उप्रेतीको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्राडा. चूडाराज उप्रेतीको निधन भएको छ । ७३ वर्षको उमेरमा सोमबार काठमाडौंमा उप्रेतीको निधन भएको हो । उहाँ नेविसंघ स्थापनादेखि नै सक्रिय विद्यार्थी नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धासमेत रहनुभएको थियो । बौद्धिक व्यक्तित्वमा चिनिनुहुने उप्रेती विश्वविद्यालय अनुदान आयोगका पूर्व-अध्यक्षसमेत हुनुहुन्थ्यो ।

जनप्रशासन क्याम्पसमा तीन दशकभन्दा बढी अध्यापन गर्नुभएका उहाँलाई प्रशासनविद्को रूपमा चिनिन्थ्यो । उहाँले २०४६ सालमा लोकतन्त्र स्थापनाको आन्दोलनमा समेत उहाँको योगदान रहेको थियो ।

अवकाशपछि पनि उहाँले लोकतान्त्रिक संस्कृति निर्माणमा काठमाडौं महानगरपालिका-१० मा बसेर आफूलाई निरन्तर सक्रिय गराइरहनु भएको थियो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?