बैतडी । बैतडीको सिगास गाउँपालिका–८ मा रहेको लेक लुपुण माविमा तालाबन्दी गरिएको छ । उक्त विद्यालयमा निम्न माध्यामिक तहमा नेपाली अध्यापन गराउने शिक्षकको माग गर्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
यसअघि उक्त विद्यालयमा दरबन्दी कायम भएका निम्न माध्यामिक तह नेपाली विषयका शिक्षक देवसिंह धामीको काजमा सरुवा गरिएपछि निम्न माध्यामिक तहमा नेपाली विषयका शिक्षक छैनन् ।
लेक लुपुण माविमा दरबन्दी कायम भएका निमाविका नेपाली शिक्षक देव सिंह धामीको २०७८ फागुनमा सिगास–२ स्थित रण आधारभूत विद्यालयमा काजमा सरुवा गरिएको थियो । त्यसयता नेपाली विषयको अर्काे शिक्षकको व्यवस्थापन हुन सकेको छैन ।
नेपाली विषयको शिक्षकको व्यवस्थापन हुनुपर्ने माग गर्दै दोश्रो पटक आइतबार तालाबन्दी गरिएको विद्यालयका प्रद्यानाध्यापक हर्क बहादुर धामीले जानकारी दिनुभयो । नेपाली विषयको शिक्षकको व्यवस्थापन हुनुपर्ने विद्यार्थीहरुको माग छ । यही विषयमा यसअघि यही भाद्र ५ गते पनि तालाबन्दी गरिएको थियो ।
पहिलो पटक तालाबन्दी गरिएको दिन आगामी विव्यस भेलामा यस विषयमा छलफल गर्ने सहमती जुटेपछि सोही दिन ताला खोलिएको थियो ।
भाद्र ९ गते विद्यालय व्यवस्थापन समितिको बैठकबाट काज फिर्ता गर्न माग गर्दै पालिकालाई पत्र पठाएको थियो । सोही दिन गाउँपालिकाको कार्यपालिका बैठक बसेर काजमा सरुवा गरिएका शिक्षक देव सिंह धामीलाई दरबन्दी कायम भएको लेक लुपुण माविमा एक हप्ताभित्र हाजिर हुन भन्दै पत्र काटेको थियो । तर १५ गतेसम्म पनि शिक्षक हाजिर नभएपछि, १६ गते आइतबार विद्यार्थीहरुले तालाबदी गरेका हुन् ।
लेक लुपण माविबाट आफुलाई गलत्याएर मनपरी ढंगले काजमा सरुवा गरेकाले आफु उक्त विद्यालयमा फेरी जान नसक्ने शिक्षक देव सिंह धामीले बताउनुभयो ।
२०६१ सालदेखि लेक लुपण माविमा हाजिर भएका धामीले २०६८ सालदेखि प्रद्यानाध्यापकको जिम्मेवारीमा रहेका थिए । त्यसपछि २०७८ माघ महिनामा प्रद्यानाध्यापकको जिम्मेवारी छाडेका थिए । त्यसको एक महिनापछि २०७८ फागुनमा उनलाई काजमा रण आधारभूत विद्यालयमा पठाइएको छ ।
अनिवार्य अवकास पाउन २ वर्ष मात्रै बाँकी रहेको र यसअघि वपन अपमानित तवरले हटाएको हुनाले पुनः सोही विद्यालयमा जान नसकिने शिक्षक धामीको भनाई छ ।
लेक लुपुण माविमा निम्न माध्यामिक तहका नेपाली विषयका शिक्षक छैनन् । माध्यामिक तहका नेपाली शिक्षक भएपनि कक्षा ९ देखि १२ सम्मका माथिल्लो कक्षामा पढाउने गरेकाले निमावि तहमा नेपाली विषयमा पठन पाठनमा समस्या हुने गरेको विद्यालयले जनाएको छ ।
शिक्षक देवसिंह धामीले पनि पालिकामा पत्र बुझाएको र विद्यालयमा पनि तालाबन्दी गरिएको हुनाले अर्काे कार्यपालिका बैठकमा यस विषयमा छलफल गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रशाद ट्टले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच