१. सधैंभरि तिम्रो मुखमा हेरिरहन पाउँ बाबा ।
तिम्रै नाममा गजल वर्षा कोरिरहन पाउँ बाबा ।।
सन्तानको भविष्य खोज्दाखोज्दै, थाकिसक्याैं ।
तिम्रो काँधको कठिन भारी फेरिरहन पाउँ बाबा ।।
जिन्दगीको पीडाले मलाई पनि थकित गर्याे ।
दु:खसुख अङ्गालोमा बेरिरहन पाउँ बाबा ।।
प्राणभन्दा प्यारो लाग्छ, तिम्राे काखमा रम्न मलाई ।
जुगाैजुगाै तिम्रै काखमा छोरी हुन पाउँ बाबा ।।
२. तिम्रो महत्त्व जीवनभरको छ मलाई ।।
पीरचिन्ता तिम्रो अनि घरको छ मलाई ।।
सधैँ पिलर बनेर उभिरह्याै सन्तानको लागि ।।
जीबनमा तिम्रो मात्रै भर पो छ मलाई ।
सन्तानकै खुसीका लागि आफ्ना खुसी बलिदान दियौ ।।
रोगी छौं तिम्रो, स्वास्थ्यको डर पो छ मलाई ।।
बाबा भन्ने शब्दनै महान छ मेरो लागि ।।
तिमी सितलदिने छहारी बरको छ मलाई ।।
३. तिम्रो काँधको भारी बाबा , बोक्न सकिएन ।
सँगै बसी दु:खसुख, पोख्न सकिएन ।।
रारात झै प्रदेशमा, तिम्रा पसीना बग्दापनि ।
अडान बनी आँसुहरु, रोक्न सकिएन ।।
सन्तानकै लागि रगत बगायाैं, पसिना बगायाैं
मूल्य बनी तराजुमा जोख्न सकिएन ।।
तिम्रा अघि कति आए, दु:खका तुफानहरु ।
पहाड बनी त्यहि दु:ख नि , छेक्न सकिएन ।।
- लेखक : यशोदा विश्वकर्मा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच