काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले काँग्रेस-एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गर्नुभएको छ ।
सरकारमै रहेका मन्त्रीहरुले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गर्नुभएको हो ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यतिबेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बताउनु भयो । उहाँले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा बिलौना नगरेको बताउनु भयो । उहाँले गठबन्धन फेरिने र सरकार बदलिने कुरा नौलो कुरा नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला एउटा गठबन्धनको सरकार छ । सबैभन्दा ठूला दुई दलहरु मिलेर बनेको छ । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन छ । यो सरकार बन्दैमा हामीलाई चिन्ता छैन । हामी रोई, कराई गरेका छैनौँ । बिलौना गरेका छैनौँ । यो अगाडि बढोस् । थुप्रै मान्यज्युहरुले यहाँ अभिव्यक्त गर्नुभएको जस्तै गठबन्धन फेरि रहन्छ, सरकार बदलिरहन्छ, यो नौलो कुरा होइन । कसैले पनि चिन्ता र आपत्ति मान्नुपर्ने कुरा छैन । हामी पनि यो सरकारको दीर्घायुकै कामना गरौँला । तर केका लागि बनेको भन्नेकुरा दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । एक जना मन्त्रीले भन्नुभयो, एमालेसँगको गठबन्धन खुकरीको धारमा हिँड्नु जस्तै भएको छ । यस्तै हो भने धेरै लामो जाला जस्तो म त देख्दिनँ ।’
उहाँले वर्तमान गठबन्धन केका लागि बनेको भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच