मिसेलिन टायरको सोरुम वीरगञ्जमा

Read Time = 1 min

वीरगञ्ज । मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले वीरगञ्जमा पनि सोरुम स्थापना गरेको छ । जय मा दुर्गा टायर हाउस नामक सोरुम उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले गर्नुभयो ।

ग्राहकवर्ग एवं रिटेलरहरूको उपस्थिति रहेको कार्यक्रममा सोरुमका सञ्चालक मदनप्रसाद यादवलाई बिक्रेता नियुक्तिसम्बन्धी प्रमाणपत्र वितरण गरिएको थियो । सोरुम उद्घाटनका अवसरमा कम्पनीले एक जोडी मिसेलिन टायर खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?