काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानविन गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरु ग्राउण्डेड गर्नुले आशंका उब्जिएको बताउनु भयो । उहाँले जहाज ग्राउण्डेड भएको सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन छानविन गर्नुपर्ने बताउनु भयो । एयरलाइन्सको जहाज ग्राउण्डेड गरेर नीजि कम्पनीलाई मौका दिइएको हुनसक्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘आफ्ना जहाजहरु ग्राउन्डेड गरेर राख्ने । अर्कोतिर मौका प-यो भने जहाज खरिद गरिरहनुपर्ने । यो प्रक्रिया गलत हो । यो ग्राउण्डेड भएको बारेमा धेरै शंका, उपशंका भइरहेका छन् । त्यसमा सत्यतथ्य छानविन गर्नु जरुरी छ । बाहिर यस्ता पनि कुरा आएका छन्, आफ्ना जहाजलाई आवश्यकताभन्दा बढी ग्राउण्डेड गराउने र निजीलाई मौका दिने खालका व्यवहार हुनसक्छ भन्ने कुरामा आशंका गरिएको अवस्थामा छ । यो विषयमा छानविन गर्नु जरुरी छ ।’
सांसद बस्नेतले डेडिकेटेड ट्रंकलाइनको सबै वक्यौता रकम उठाउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच