मोन्टेभिडियो । उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले ३७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । १४२ खेलमा ६९ गोल गर्नुभएका उरुग्वेका सर्वकालिक सर्वाधिक गोलकर्ता तथा लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुहुनेछ । सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा रुँदै सुआरेजले भन्नुभयोे, ‘यो भन्न पाउँदा दुःख लाग्छ तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ ।’
उरुग्वेले त्यस दिन पाराग्वेसँग विश्वकप छनोट खेल खेल्नेछ । सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आउनुभएका सुआरेजले सन्न्यास लिने यो उपयुक्त समय भएको बताउनुभयो । ‘अर्को विश्वकपमा पुग्न गाह्रो छ । चोटका कारण होइन, आफैंले सन्न्यास लिनु सान्त्वनादायी छ,’ उहाँले भन्नुभयो । सुआरेजले उरुग्वेको टोलीमा चार विश्वकप र पाँच कोपा अमेरिका प्रतियोगिता खेल्नुभएको छ । उहाँले सन् २०११ को महादेशीय प्रतियोगिताको उपाधि जित्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच