झापा । लोकतन्तवादी कर्मचारीहरुको पेसागत संगठन नेपाल निजामती कर्मचारी युनियन झापाले सञ्चार तथा सामाजिक क्षेत्र क्रियाशील , उत्कृष्ट कार्यरत र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ।
आफ्नो ३४औँ स्थापना स्थापनको दिवस अवसरमा कर्मचारी युनियनले उनीहरूलाई सम्मान गरेको हो ।
बुधबार झापाको सदरमुकाम चन्द्रगडीमा आयोजित कार्यक्रममा कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, युनियन आबद्ध पदाधिकारीले उनीहरूलाई सम्मानपत्र, दोसल्ला, अविरमाला र सम्मानपत्र उनीहरूलाई सम्मान गरेका हुन् ।
सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने मध्येबाट पत्रकार डम्बर बराल सम्मानित हुनु भयाे । बराल मेची आवाज साप्ताहिक र सोही अनलाइनका प्रधान सम्पादक तथा प्रेस क्लब मेचीनगरका अध्यक्ष हुनु हाे ।
सामाजिक क्षेत्रमा योगदान पुर्याएबापत भद्रपुरका व्यवसायी दीपेश ढकाल सम्मानित भएका छन् । ढकाल जिल्लाका सिमेन्ट तथा चिया क्षेत्रका उम्दा उद्योगी मानिन्छन् ।
युनियनले भद्रपुर नगरपालिका सिनियर अहेव उमा रेग्मी भट्टराई र जिल्ला हुलाक कार्यालय झापाका सत्यनारायण गणेशलाई सम्मान गरेको हो । गणेश झापामा सो क्षेत्रकै इमानदार कर्मचारी मानिनु हुन्छ ।
कार्यक्रममा पाण्डे, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, युनियनका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद दाहाल, नेपाल निजामती कर्मचारी संगठन झापा केदार पोखरेल, इन्जिनियर उत्तम खरेल लगायतले आआफ्नो धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा युनियन झापा अध्यक्ष कविन्द्रविक्रम नेम्वाङ, उपाध्यक्ष यशोदा कोइराला, सहसचिव चन्द्रप्रसाद पौडेलले संस्थागत अवस्था, गतिविधि र कार्यक्रमको औचित्य प्रस्ट्याउनु भएकाे थियाे ।
युनियन झापा सचिव भानु भट्टराईका अनुसार सेवा निवृत्त कर्मचारी मध्येबाट ज्ञानबहादुर पौडेल, दिनेशकुमार आर्चाय, हरिप्रसाद मिश्र, रेखनाथ दाहाल, नेत्रप्रसाद दाहाल, विजयकुमार झा, गणेशप्रसाद सिटौला, ज्योति दाहाल, पद्माकुमारी भट्टराई, पर्शुराम काफ्ले र हरिप्रसाद काफ्ले सम्मानित हुनु भएकाे हाे ।
युनियनले हरेक वर्ष झापामा सोही प्रकृतिको कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच