बुटवल । नेपाली कांग्रेस रूपन्देहीले यही भदौ २४ गते भैरहवामा खुला मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ । १११औँ बिपी जन्मजयन्तीका अवसरमा ‘खुला मिनी म्याराथन प्रतियोगिता’ आयोजना गर्न लागिएको नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो । युवाहरूमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
पाँच किलोमिटरको प्रतियोगिता एयरपोर्टबाट सुरु भई लुम्बिनी रोड, बुद्धचोक, ब्रमेलिटोल, नारायणथान हुँदै मिलनचोक आएर समापन हुने कार्यक्रम संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगित बिहान साढे ६ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा खुला र महिलातर्फका विजेताले अलग–अलग पुरस्कार पाउनेछन् । खुलातर्फ प्रथम पुरुस्कार १० हजार र मेडल, द्वितीय पुरस्कार पाँच हजार र मेडल, तृतीय पुरस्कार तीन हजार र मेडल र सान्त्वना पुरस्कारहरू दुईजनालाई एक हजार पाँच सय र मेडल दिइनेछ ।
त्यसैगरी महिलातर्फ प्रथम पुरस्कार १० हजार तथा मेडल, द्वितीय पुरस्कार पाँच हजार र मेडल, तृतीय पुरस्कार तीन हजार र मेडलको व्यवस्था गरिएको प्रतियोगिता संयोजक श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच